ताजा अपडेट »

सुख्खाग्रस्त गाउँमा एक घर एक हिल ट्याङकी

सोमबार, ०५ बैशाख २०७९, २३ : ३०

तेह्रथुम । सुख्खाग्रस्त गाउँमा पानीको जोहो गर्न सामाग्री नहुँदा समस्या नै हुन्छ । सबै नागरिकहरुले घरमा पानी जोहो गर्नका लागि हिल ट्याङकी किन्न सक्दैनन् । बिहान बेलुकी हात मुख जोड्नै धौ धौ बन्दै आएका नागरिकका लागि त झन मुस्किल कै कुरा हो । तर तेह्रथुमको छथर गाउँपालिका ३ नम्बर वडाले भने सुख्खाग्रस्त गाउँमा एक घर एक हिल ट्याङकी र फिल्टर कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

नागरिकहरुको सेवा गर्न ठुलै लगानी नै चाहिन्छ भन्ने छैन । थोरै लगानी भएपनी प्रत्यक्ष नागरिकहरुले सेवा लिन सक्ने कार्यक्रमहरु प्रभावकारी बन्छ भन्ने यो वडाले उदाहरण दिएको छ । केही बर्ष अघीसम्म खानेपानीको समस्याले जरजर समस्या रहेको यो गाउँमा स्थानीय निर्वाचन पनी सञ्चालन भएको खानेपानी आयोजनाले यहाँका नागरिकहरुको दैनिकी नै फेरिन्दै आएको छ । घर घरमा खानेपानी पुगेपनी पानीको जोहो गर्ने सामाग्री नहुँदा पानी बिग्रीदाँ समस्या भोग्दै आएका नागरिकहरु वडा ल्याएको कार्यक्रमले राहात पाएका छन ।

 पानीको जोहो गर्ने भाँडा नहुँदा समस्या हुँदै आएको स्थानीय खलस्त बहादुर श्रेष्ठले बताए । उनी भन्छन् “हामीले ग्रागी,पेप्सी र बाल्टीहरुमा पानी थाप्थ्यौ दिनभरी पनी मुस्किलले पुग्थ्यो । कुनैबेला पानी बिग्रीन्दा खानेपानी कै समस्या हुन्थ्यो तर,अब वडाले हामीलाई पानी राख्ने हिल ट्याङकी दिएपछी ढुक्क भएका छौं ।” खलस्तबहादुर जस्तै भित्रीमाया श्रेष्ठलाई पानी जोहो गर्नलाई ढुक्क भएको छ । स्थानीय निर्वाचनबाट जनप्रतिनिधी भएर आए सँगै वडाको सुख्खाग्रस्त स्थानका नागरिकहरुको समस्यालाई मध्यनजर गरी एक घर एक हिल ट्याङकी कार्यक्रम अगाडी सारेको वडाध्यक्ष तुसलीजंग थापाले बताए ।

 निर्वाचित भएको पहिलो बर्ष वडाबाटै १० लाख रुपैयाँ बिनीयोजन गरि कार्यक्रम सञ्चालन गर्दै आएको थापाको भनाई छ । जनप्रतिनिधी निर्वाचित हुनु भन्दा पहिले नै तेलिया खानेपानी आयोजना सुरु गर्दै आएको र निर्वाचित भएपछी खानेपानी ब्याबश्थापनमा जुट्दै आएको वडा सदस्य फौदराज लिम्बुले बताए । उनी भन्छन् “ हामीले खानेपानी आयोजना त सुरु गर्याै तर एक दिन पानी बिग्रीयो भने नागरिकहरुलाई समस्या हुने भएकाले वडामा रहेका सबै  नागरिकहरुको घर घरमा हिल ट्याङकी ब्याबश्थापन गर्ने उदेश्यका साथ कार्यक्रमलाई बिगतका बर्षहरुबाटै सञ्चालन गर्दै आएका छौ । सबै नागरिकहरुले स्वास्च्छ खानेपानी पिउनु पर्छ भन्ने लक्ष्यका साथ वडाका सबै घरलाई फिल्टर पनि बितरण गर्दै आएका छौ ।” वडा हरेक बर्ष १०/१० लाख रकम बिनीयोजन गर्दै नागरिकहरुलाई हिल ट्याङकी र फिल्टर बितरण गर्दै आएको जनाएको छ । -काश पाक्साँवा/न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।