ताजा अपडेट »

मेयर नपाए एमालेसँग मिल्ने कास्की एसका अध्यक्षको धम्की !

सोमबार, ०५ बैशाख २०७९, २२ : ३३
2 Shares

पोखरा । आगामी निर्वाचनमा गठबन्धन गर्ने विषयमा सोमबार कास्की चर्चामा रह्यो। कांग्रेस सचिवद्वयको विज्ञप्तिले बिच्किएको गठबन्धनमा अर्को एउटा समस्या थपियो । घटना थियो एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यको वक्तब्य । उनले मेयर आफूले नपाए एमाले जानसक्ने धम्की दिए । 

बैठकमा गठबन्धनका दलले अपमान गरिरहे एमालेसँग मिल्न सक्ने अध्यक्ष आचार्यले चेतावनी दिएको गठबन्धनका अरु सदस्यहरुले बताएका छन् । केन्द्रबाट कांग्रेस र एकीकृत समाजवादी दुवैले मेयरमा उम्मेद्वार उठाउने र माहोल हेरेर एउटाले फिर्ता लिने छलफल चलेको खबर पाएपछि आचार्यले उक्त प्रस्ताव ठिक नहुने बताएका हुन् ।

‘माधवजीले कांग्रेस र एसका उम्मेद्वारले उम्मेद्वारी दिन लगाउने र जसको माहोल राम्रो हुन्छ, उसैलाई अगाडी बढाऔं भन्नुभएछ । त्यो कुरा मैले यहाँ सुनाएँ, र हुन्छ भनें,’ कांग्रेस सभापति किशोरदत्त बराल भन्छन्, ‘धनराज जीले नेताहरुलाई फोन गर्नुभयो । त्यसपछि नोमिनेसन नै गर्दिनँ । हामी कुनै पनि ठाउँमा दर्खास्त दिँदैनौं बरु एमालेसँग मिल्छौं भन्नुभयो ।’

कांग्रेसले कास्कीमा एकीकृत समाजवादीसँग गठबन्धन गर्न नसकिने विज्ञप्तिनै जारी गरेर स्पष्ट पारेको छ । -न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।