ताजा अपडेट »

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची : डिजलको बढ्यो, पेट्रोलको घट्यो

सोमबार, ०५ बैशाख २०७९, २० : ३१
18 Shares

काठमाण्डौं । नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आयल निगमले दिएको जानकारीअनुसार भारतले पठाएको पछिल्लो मूल्यसूचीमा डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको छ ।

नयाँ मूल्यसूचीअनुसार डिजेलको मूल्य २.२ रुपैयाँ र हवाई इन्धनको मूल्य ३८ पैसा बढेर आएको छ । यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ४.७९ रुपैयाँ घटेर आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।