ताजा अपडेट »

प्रचण्डकी बुहारी पोखराको उपमेयरमा सिफारिस

सोमबार, ०५ बैशाख २०७९, १९ : ५९
12 Shares

पोखरा । नेकपा माओवादी केन्द्रले पोखराको मेयर र उपमेयरको सिफारिस गरेको छ । वैशाख ३० गते हुने चुनावका लागि माओवादीले मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो ।

मेयरका लागि यसअघि कांग्रेसलाई सघाएर उम्मेद्वारी फिर्ता लिएका विश्वप्रकाश लामिछाने, जिल्ला संयोजक बखानसिंह गुरुङ र महिलामा सीता खड्काको नाम सिफारिस गरिएको छ ।

यस्तै, उपमेयरका लागि यसअघि नै उपमेयरमा पराजीत गोमा ढकाल, प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको महानगरका अध्यक्ष हरिनारायण गिरीले जानकारी दिए । त्रिपाठी अहिले अनेम संघ क्रान्तिकारीको केन्द्रीय सदस्य हुन् ।

‘गबठन्धनसँग छलफल भैरहको छ । यहाँ कसले टिकट पाउने टुंगो भएको छैन,’ इन्चार्ज दीपक कोइरालाले भने, ‘हामी एक्लै लड्नु परेपनि तयारी अवस्थामा रहेका हौं ।’ सत्तारुढ गठबन्धन कास्कीमा पनि हुने निर्णय यसअघि नै भैसकेको छ । तर गठबन्धन भित्र सहमति भने भएको छैन ।

पोखरामा एकीकृत समाजवादीले दाबी गरेको छ । तर कास्की कांग्रेसले एक विज्ञप्ति जारी गरेर एकीकृत समाजवादीसँग तालमेल गर्न नसक्ने जनाएको छ । काठमाडौंमा आज बसेको गठबन्धन दलहरुको बैठकमा पनि पोखरा महानगरबारे सहमति जुट्न सकेन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।