ताजा अपडेट »

१०औँ बुटवल श्री अन्तर प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा

सोमबार, ०५ बैशाख २०७९, १८ : २५
4 Shares

बुटवल । १० औँ बुटवल श्री अन्तर प्रदेश स्तरिय शारीरिक सुगठन प्रतियोगिता–२०७९ को तयारी पूरा भएको छ । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा बैशाख ९ र १० गते हुने प्रतियोगितको तयारी अन्तिम चरणमा पुगेको हो ।

आयोजकले सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितामा लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्च्मि प्रदेश भित्र रहेका जिम, क्लब, संघ संस्थाबाट करिब १५० भन्दा बढी खेलाडीको सहभागिता रहने जनाइएको छ । प्रतियोगिता बुटवल–११ स्थित नबिन औद्योगिक माध्यमिक विद्यालयको सभाहलमा हुने छ ।

शारीरिक व्यायाम सबैलाई आवश्यक रहेकाले व्यायामका बारेमा सबैलाई सचेत गराउनका लागि प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिता कोरोनाका कारण २ वर्ष प्रतियोगिता गर्न नसकेको बताउदै कोरोना महामारी कम भएसगै प्रतियोगिता गर्न लागिको अध्यक्ष सितुप्रसाद श्रेष्ठले बताए ।

प्रतियोगिता ५५, ६०, ६५, ७०, ७५ र ७५ केजि भन्दा बढी तौल समूह गरी ६ वटा वजन समूहमा सञ्चालन हुने अध्यक्ष श्रेष्ठले बताए । साथै प्रतियोगितामा एउटा जिमबाट एक वजन समूहमा बढीमा एक खेलाडी गरी ६ जना खेलाडीले मात्रै भाग लिन पाउने र एक जना टिम मेनेजरले टिमको प्रतिनिधित्व गर्नु पर्ने अध्यक्ष श्रेष्ठले बताए । रुपन्देही जिल्ला भन्दा बाहिरका खेलाडीको लागि आवास र खानाको लागि एक हजारको व्यवस्था रहेको उनले बताए ।

प्रतियोगिताको वजन समूहका बिजेता खेलाडीहरु बिच हुने ओभरअलमा बिजेता हुने खेलाडीले नगद १ लाख सहित ट्रफि, उपहार र व्यानेट प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताए । यस्तै उपविजेता पाँच जनाले नगद १० हजारसहित ट्रफि र उपहार पाउने छन् । साथै प्रत्येक वजन समूूहमा द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः नगद ८ हजार, ५ हजार, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ८ लाख लाग्ने अध्यक्ष श्रेष्ठले बताए । २०६३ सालदेखि रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा बुटवलश्री निरन्तर संचालन हुँदै आइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।