ताजा अपडेट »

बुटवललाई आमा शहरका रुपमा विकसित गर्दैछौँ : प्रमुख सुवेदी

आइतबार, ०४ बैशाख २०७९, २२ : ५२
6 Shares


रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुवेदीले बुटवललाई आमा शहरका रुपमा विकसित गर्ने काम भइरहेको बताएका छन् । सञ्चारिका समूह रुपन्देहीले आज बुटवलमा गरेको भेटघाटमा बोल्दै उनले अरु पालिकालाई समेत अभिभावकत्व प्रदान गर्ने गरी दिर्घकालीन योजना अघि बढाएको उल्लेख गरे । “बुटवल आमा शहर हो, अरु पालिकालाई अभिभावकत्व प्रदान गर्ने गरी यसलाई सेटलाइट शहरका रुपमा विकसित गर्दैछौ ।”

कृषि, उद्योग र पर्यटनको विकास मार्फत समृद्ध बुटवल सुखी बुटवलबासीको नारा सार्थक बनाउन रामापिथेकस बोटानीकल पार्क निर्माण, हिलपार्कमा बिगबुद्ध राख्ने काम, जितगढी युद्ध संग्रहालय निर्माणको काम भइरहेको उनले बताए । “भक्तपुर साँस्कृतिक शहर भएकै कारण ७० प्रतिशत बढी आम्दानी पर्यटनबाट हुन्छ । हामीले जितगढीमा बनाउने संग्रहालय र यहाँ निर्माण हुने पर्यटकीय सम्पदाले हाम्रा सन्तती पालिन्छन् ”,प्रमुख सुवेदीले भने ।

विद्यालयको पूर्वाधार र गुणस्तरीय शिक्षामा जोड दिएपछि सामुदायिक शिक्षाको गुणस्तर वृद्धि हनुका साथै सामुदायिक विद्यालय उत्कृष्ट ठहरिएको बताए।

भेटघाटमा उपप्रमुख गुमादेवी आचार्यले नागरिकलाई आर्थिकरुपमा सबल बनाउने गरी काम भइरहेको बताए । नगरप्रमुख युवा इलम र उपप्रमुख महिला उद्यमशील कार्यक्रम मार्फत युवालाई स्वरोजगार बनाउन विभिन्न सिपमूलक तालिम सञ्चालन गरिएको बताउँदै उनले उपमहानगरले बेरोजगार शुन्य शहनशीलता नीति लिएको उल्लेख गरे ।

उपमहानगरले करको दायरा फराकिलो बनाएपछि राजश्व संकलन तेब्बर वृद्धि भएको बताउदै मानवीय र भौतिक विकासको सन्तुलन मिलाएर अघि बढिएको जनाए । उपप्रमुख आचार्यले लैंगिक हिंसामुक्त शहर निर्माणका लागि कार्ययोजना बनाएर अघि बढ्ने काम भएको र त्यसका लागि सडक मानव शुक्त शहर बनाउने काम भएको बताए। “कतिपयले शुरुमा महत्वाकांक्षी योजना भन्नुभयो तर, योजना नबनाइ काम हुँदैन।' उनले भने।

सो अवसरमा सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतमले उपमहानगरका असल अभ्यासलाई मिडियाले प्राथमिकताका साथ सम्प्रेषण गरेको बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।