ताजा अपडेट »

अमृता खत्रीको शव ५ दिनपछि पोष्टमार्टम, घटनासँगै डिएसपी केसीमाथि पनि अनुसन्धानकाे माग

आइतबार, ०४ बैशाख २०७९, १६ : १६
10 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा–२ जानकी नगरकी अमृता खत्री (टण्डन)को शव ५ दिनपछि पोष्टमार्टम गरिएको छ । माइती पक्ष र आफन्तको सहमतीपछि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको शवको आइतबार पोष्टमार्टम गरिएको हो ।

पोष्टमार्टमपछि सम्पूर्ण नमूना तथा रिपोर्टको फोरेन्सी ल्याब एक्स्पटको रोहबरमा पीडित पक्षले चाहेको हस्पिटलमा अध्ययन गर्ने तथा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले घटना बारे छानविन गर्नेगरी सहमति जुटेको हो । अमृताका माईती पक्षले ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले मुद्दा दर्ता गर्नका लागि गरेको ढिलासुस्ति र गतिविधि संकास्पद लागेको भन्दै सीआईबीबाट नै अनुसन्धान हुनु पर्ने माग गर्दै आन्दोलनमा रहेका थिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, जिल्ला प्रहरी प्रमुख तथा अमृताका माईती पक्ष बीच भएको ४ बुँदे सहमतिपछि शव पोष्टमार्टम गर्नका लागि पीडित पक्ष तयार भएका हुन् । सहमति अनुसार ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीमाथि पनि अनुसन्धान हुने भएको छ । कारबाहीको माग गर्दै प्रशर्दशनमा उत्रिकाहरुलाई दमन गर्नका लागि निर्देशन दिएको तथा घटना दर्तामा ढिलासुस्ति गरेको पीडित पक्षले उनीमाथि आरोप लगाएका छन् ।

माईती पक्षले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी घटनाका विवरणहरु बारे जानकारी गारउँदै अमृताको परिवारबाटै हत्या भएको आरोप लगाएका छन् । घटनाको सतथ्यतथ्य छानविन र दोषिमाथि कारबाही नहुँदासम्म आफूहरुले शान्तिपूर्ण आन्दोलनलाई जारी राख्ने अमृताका दाजु पुष्पक खत्रीले बताए ।

चैत्र ३० गते नयाँ वर्षको अघिल्लो साँझ अमृताको विष सेवनबाट मृत्यु भएको थियो । घटनापछि अमृताका श्रीमान प्रेम टण्डन, सासु र ससुरालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धानलाई अघि बढाएको छ । ७ वर्षअघि स्थानीय प्रेमसँग अमृताको प्रेम विवाह भएको थियो । प्राय घरमा झगडा परिरहने २९ वर्षीय अमृताको परिवारबाटै हत्या भएको भन्दै आफन्तहरुले दोषि पत्ता लगाई कारबाही माग गरिरहेका छन् । गत भदौंमा अमृता र उनको परिवार बीच भएको मिलापत्रको एक कागजले समेत उनी पारिवारीक कलह र समस्यामा थिइन् भन्ने कुरालाई जोड दिएको छ ।

अमृताले घर परिवारले सामान्य विषयमा पनि मानसिक र सारिरीक यातना दिने गरेको भन्दै तिलोत्तमा नगरपालिकाको वडा कार्यालयमा निवेदन दिएकी थिईन् । २०७८ भदौ १७ गते वडा अध्यक्ष दधिराम गौतमको रोहबरमा वडा सदस्यहरु, वडा सचिव, घर र माईती पक्षको बीचमा छलफल गरि अबका दिनमा घरमा बस्ने वातावरण मिलाउने र अमृता घरमै बस्ने गरि लिखित सहमती गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।