ताजा अपडेट »

६४ वर्षीय वृद्धको हत्या गरेको आरोपमा युवक पक्राउ

शनिबार, ०३ बैशाख २०७९, २३ : ०१
16 Shares

तनहुँ । ६४ वर्षीय वृद्धमाथि कुटपिट गरी हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको सुन्दरहरैंचा नगरपालिका ६ का ३५ वर्षीय मणिकुमार तामाङ रहेका छन् । मणिकुमारले चैत ३० गते स्थानीय ६४ वर्षीय देवीबहादुर तामाङलाई दाउरा प्रहार गरी घाइते बनाएका थिए ।

देवीबहादुर र स्थानीय मानबहादुर तामाङबीच जग्गाका विषयमा झगडा भइरहेका बेला मणिकुमारले उनीमाथि दाउरा प्रहार गरेका थिए । मानबहादुर मणिकुमारका बाबु हुन् । मणिकुमारमाथि थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।