ताजा अपडेट »

धामीझाँक्रीको भर पर्दा महिलाको मृत्यु

शनिबार, ०३ बैशाख २०७९, २२ : ३३

कञ्चनपुर । धामीझाँक्रीको भर पर्दा कञ्चनपुरको बेदकाटे नगरपालिका–६ मुसेपानीका ४२ वर्षीया रञ्चुला साउँदको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउँदलाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घरमा आउने गरेका थिए । झारफुककै क्रममा साउँदको शुक्रबार राति मृत्यु भएको थियो । मृत्युको घटनाबारे शनिबार बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको थियो ।

स्थानीयवासीका अनुसार धामीझाँक्रीद्वयले झारफुकका नाममा साउँदलाई सरिया तताएर कुटपिट गरेको थियो । प्रहरी उपरीक्षक चौधरीले झारफुकमा सङ्कलन भट्टद्वयलाई नियन्त्रणमा लिएको जनाउँदै महिलाको शवपरीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएको बताए । ‘घटनाबारे विस्तृत अनुसन्धान हुँदैछ”, उनले भने, “दोषी जो कोही भए पनि कारबाहीको दायरामा ल्याइनेछ ।”

बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् । “धामीझाँक्री हल्दुखाल र बाराकुण्डाका हुन् भन्ने आएको छ”, उनले भने, “बिरामीले थला परेकी साउँद तीन दिनदेखि गम्भीर हुँदा पनि धामीझाँक्री झारफुकमै लागेको भन्ने सुनियो ।”- रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।