ताजा अपडेट »

गुल्मी महोत्सव : गायिका मञ्जु पौडेलले सार्वजनिक गरिन् ‘जन्मदिन’

शनिबार, ०३ बैशाख २०७९, २१ : ३६
2 Shares

गुल्मी । चर्चित कार्यक्रम उद्घोषिका, लोक तथा दोहोरी गायिका मञ्जु पौडेलले ‘जन्मदिनको शुभकामना...’ बोलको गीत सार्वजनिक गरेकी छन् । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएको चौथो गुल्मी महोत्सवमा उनले उक्त गीत आफैले गाएर सार्वजनिक गरेकी हुन् ।

महोत्सवको नवौं दिनको कार्यक्रममा अतिथि कलाकारको रुपमा रहेकी पौडेलले पहिलो पटक आफ्नै जिल्लाबाट नयाँ गीत गाएर सार्वजनिक गरेकी हुन् । बिशेष गरि जन्मदिनको शुभकामना दिनका लागि यो गीत तयार भएको उनले बताइन् ।

आफ्नै जन्म जिल्लाबाट पहिलो पटक यो गीत गाएर सार्बजनिक गरेको बताइन् । उनले यो गीतलाई पनि सबैले मन पराउने बताइन् ।
जन्म दिनको शुभकामना दिनका लागि नेपाली गीत कमै रहेका छन् । बिमल गौतमको लय शब्द रहेको गीतमा गायिका पौडेलको सुमधुर स्वरले सजिएको छ ।

महोत्सवको नवौं दिनको अतिथि कलाकारको रुपमा गायिका पौडेलसँगै पुस्कल शर्मा, कमल खत्री आपिल खान, शान्ता रानी परियार, राशि रिजाल लगायतका कलाकारहरुले प्रस्तुती राखेका थिए । शनिवार बिदाको दिन भएकाले पनि करिव ९ हजार दर्शकलले मेला अवलोकन गरेका थिए ।

मेलामा मुख्य आकर्षकको रुपमा गायिका मञ्जु पौडेल, पुस्कल शर्मा, कमल खत्री आलिप खान, शान्ता रानी परियार, राशि रिजाल लगायतका रहेका थिए । विशेषगरी गरेका मञ्जु, पुस्कल, कमल आलिप खान मुख्य आकर्षणमा थिए ।

चैत २५ गतेबाट सुरु भएको महोत्सव बैशाख ६ गतेसम्म चल्ने भएको छ । यस अघि बैशाख ४ गते समापन हुने भनिएको महोत्सवको बैशाख ५ गते समय थपेर ६ गते समापन गरिने कार्यक्रम रहेको गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष इश्वरी प्रसाद पौडेलले बताए ।

महोत्सवको १० औं दिनको मुख्य आकर्षणमा बोमबहादुर कार्की, मञ्जु पौडेल, एलीना चौहान, महोन्द्र भण्डारी, मुना मगर, रितु थापा, नन्दु परियार, रामकुमार बिष्ट लगायतका कालाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।