ताजा अपडेट »

नगरप्रमुख नदिए गठबन्धन अस्विकार : राष्ट्रिय जनमोर्चा

शनिबार, ०३ बैशाख २०७९, २० : ११
6 Shares

अर्घाखाँची  । राष्ट्रिय जनमोर्चाको महासचिव मनोज भट्टले भूमिकास्थान नगरपालिकाको नगर प्रमुख नपाए गठबन्धन स्वीकार्य नहुने बताएका छन् ।कसैको दान र कृपाका आधारमा नभइ क्षमताका आधारमा भाग चाहिँने उनले बताए । उनले सम्मानजनक भागवन्डा नभए गठबन्धन स्वीकार्य नहुने दाबी गरेका हुन् ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले भूमिकास्थान नगरपालिका-३ धारापानीमा गरेको आमसभालाई सम्बोधन गर्दै महासचिव भट्टले एमालेले धर्मको राजनीति गरेका कारण आफूहरूले विकल्प खोजेको बताए ।

कांग्रेससँग नीति सिद्धान्त मिलेरभन्दा पनि प्रतिगमन परास्त गर्नका लागि कांग्रेस माओवादीसँग गठबन्धन गर्नुपरेको नेता भट्टको दाबी थियो ।- हरिप्रसाद भुसाल/न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।