ताजा अपडेट »

ग्लोबल आवाजका सम्पादकसहित पत्रकार खनाल सम्मानित

शनिबार, ०३ बैशाख २०७९, १६ : ५७
4 Shares

बुटवल । यस ग्लोबल आवाज डटकमका सम्पादक एन बी कंडेल शक्तिमान किसान मिलाप-२०२२ को अवसरमा सम्मानित भएका छन् । तिर्थ एग्रो प्रा.लि तथा मनमित श्री ट्रेडिङद्वारा शनिबार तिलोत्तमामा आयोजित किसान मिलाप कार्यक्रमका अवसरमा सम्मान प्रदान गरिएको हो ।

सञ्चारको क्षेत्रबाट योगदान पुर्याएको भन्दै सम्पादक कंडेलसहित एभिन्यूज टेलिभिजनका लुम्बिनी ब्यूरो प्रमुख दामोदर खनाल र अटोमोबाइल मासिक पत्रिकाका प्रकाशक रोशन श्रेष्ठ सम्मानित भएका छन् । रुपन्देहीको तिलोत्तमास्थित ड्रिमल्याण्ड रिसोर्टमा आयोजित किसान मिलाप-२०२२ को अवसरमा तिर्थ एग्रो टेक्नोलोजी गुजरात,भारतका नेशनल शेड रवि माथौर र लुम्बिनीका लागि आधिकारिक बिक्रेता मनमित ट्रेडिङका संस्थापक अध्यक्ष उदय कुमार सिंहले दोसल्ला ओढाउँदै नगदसहित सम्मान पत्रद्वारा सम्मान गरेका हुन् । कार्यक्रममा रुपन्देहीसहित नवलपरासी र कपिलवस्तुका गरि करिब २ हजार कृषकको उपस्थिति रहेको थियो ।

शक्तिमानल कृषकका लागि ट्याक्टरसहित विभिन्न कृषि उपकरणहरु बजारमा ल्याएको छ । बृषि उत्पदनको व्यवसायीकरणका लागि प्रविधिको प्रयोग अनिवार्य रहेको कार्यक्रममा सहभागीहरुले जोड दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।