१२ जेष्ठ २०७९, बिहीबार

May 26, 2022

काठमाडौं । चलचित्र ‘प्रेमगन्ज’ले ज्यादाभन्दा ज्यादा दर्शकमाथि पुग्ने भन्दै टिजरलाई कपिराइट फ्रि गर्ने निर्णय गरेको छ । भोलि सार्वजनिक हुने टिजरलाई जोकोहीले पनि आफ्नो माध्यममा राख्न सक्नेछन् । निर्देशक परिच्छेद सेनले फिल्मको टिजर युट्युब, फेसबुक, टिकटक इन्स्टामा निर्धक्क राख्न सकिने जानकारी गराएका छन् ।

Advertisement

निर्देशक सेनले यसरी राखिएको टिजरमा सर्वाधिक दर्शक ल्याउने तीनै प्लेटफर्मका विजेतालाई पुरस्कारको पनि घोषणा गरिएको जानकारी गराएका छन् । तीन प्लेटफर्ममा तीन विजेताले क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

‘फिल्मले भ्युज ,कमेन्ट र सेयरको आधारमा उत्कृष्ट हुने तीन युट्युब च्यानल , फेसबुक र टिकटकरलाई फिल्मको प्रिमियर सोमा रेडकार्पेटसहित आकर्षक पुरुस्कार प्रदान गरिनेछ’ सेनले जनाए ।

निर्माता अनन्तमान श्रेष्ठका अनुसार  यो अफर वैशाख तीन गतेदेखि सुरु भएर साउन २५ गते सम्म चल्नेछ । चलचित्रको टिजर यही तीन गते तीन बजे सार्वजनिक हुँदै छ । श्रेष्ठका अनुसार टिजर सामाजिक सञ्जालमा सेयर गर्दा  ह्यासट्याग प्रेमगन्ज भदौ ३, प्रेमगन्ज हेर्ने दिन भनेर फिल्मको अफिसियल पेजमा मेन्सन गर्दै  सेयर गर्नुपर्नेछ ।  भिडियो बुढासुब्बा युट्युब च्यानलबाट डाउनलोड गरेर अपलोड गर्न सकिने पनि निर्माण टिमले जनाएको छ ।

परिच्छेद सेनकै लेखन रहेको यो चलचित्रबाट बैंकर पृष्ठभूमिका तेज गिरीले डेब्यू गर्दैछन् । फिल्ममा बेनिशा हमाल, सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ ।

यस्तै, फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।

स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमामा खाँण ८४५ मतले अगाडि, अब ३ हजार मत गन्न बाँकी ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे: झलनाथ शुक्रबारबाट क्यूएफएक्ससहित देशभरका हलमा ‘कबड्डी-४’ सत्तारुढ गठबन्धनले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेको हो : रावल दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई ओलीको चुनौती आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर ३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ? परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : ओली विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : ओली त्रिवि शिक्षण अस्पतालमा एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी विदेश पठाई दिन्छु भनि २५ लाख ठगी गर्ने एक जना पक्राउ निर्वाचनमा प्रतिपक्षी दलमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बाेधन