ताजा अपडेट »

२०७९ : स्थिरता, लय र गतिको वर्ष बनोस्

विहीबार, ०१ बैशाख २०७९, १७ : ४६
84 Shares

वर्ष २०७८को अन्त्यसँगै नव वर्ष २०७९ को शुभारम्भ भएको छ । नेपाली पात्रो तथा वि.सं.अनुसार वि.सं.२०७८ समाप्त भई वि.सं.२०७९ शुरु भएको छ । भारतको उज्जैनका पौराणिक राजा विक्रमादित्यले चलाएको सम्वत्को रुपमा विक्रम सम्वत्लाई चिनिन्छ । तर, यसलाई पुष्टि पार्ने गरि कुनै तथ्य फेला नभएको हुँदा विक्रम सम्वतको बारेमा धेरै रहस्यहरू छन् । केही इतिहास विद्हरूले विक्रमादित्यको अस्तित्वको पुष्टि नभएको हुँदा बिक्रम सम्वत् नेपालको मौलिक सम्वत् भएको तर्क समेत गर्दछन् ।

अहिले विश्वभरि नै यो सम्वत्लाई अधिकारिकता दिएको देश नेपाल मात्र हो । भारतको उज्जैनका पौराणिक राजा विक्रमादित्यले चलाएको सम्वत्को रुपमा विक्रम सम्वतलाई चिनिन्छ । तर, यसलाई पुष्टि पार्ने गरि कुनै तथ्य फेला नभएको हुँदा विक्रम सम्वतको बारेमा धेरै रहस्यहरू छन् । केही इतिहास विद्हरूले विक्रमादित्यको अस्तित्वको पुष्टि नभएको हुँदा बिक्रम सम्वत् नेपालको मौलिक सम्वत् भएको तर्क समेत गर्दछन् । अहिले विश्वभरि नै यो सम्वत्लाई अधिकारिकता दिएको देश नेपाल मात्र हो ।

नयाँ वर्षसँगै मुलुक र जनतामा उत्साह जागेर आउँछ । हरेक वितेका वर्षको सम्झना र समीक्षासँगै नयाँ वर्षको योजना र थप सफलताको कामना हुने गर्दछ । हरेक वर्षको समाप्तिसँगै मुलुकको इतिहास पनि लम्बिँदै जान्छ । त्यसैगरी भविष्यमा सो वर्षका बारे समीक्षा र तथ्यांक पनि रहने गर्दछ । वर्ष परिवर्तनसँगै मुलुकको इतिहास अवस्थासँगै जनताका विगत र वर्तमान र भविष्य पनि प्रतक्ष्य जोडिएको हुन्छ । मुलुक र जनताका लागि वर्ष ०७८ दुःखद नै रहयो ।

विशेषगरी यो वर्ष मुलुक कोरोना संक्रमण र राजनीतिक संक्रमणको शिकार बन्यो । पहिलो र दोस्रो लहरको कोरोनाबाट शिथिल भएको मुलुक तेस्रो लहरसँग पनि जुध्न पर्यो । अर्कोतर्फ राजनीतिक अस्थिरता र उथल–पुथलले थप ग्रसित बन्यो । लामो संघर्ष र बलिदानीपछि प्राप्त गणतान्त्रि राज्यको अवधारण अनुसार सम्पन्न निर्वाचनबाट सुरु भएको संघीयता कार्यान्वयनका प्रदेश सरकार र केन्द्रिय सरकार मध्यवाधीमै बर्खास्त भए । करिब २ तिहाई मत प्राप्त नेतृत्व सत्ताच्यूत भयो ।

वर्ष २०७८ नेपाल र नेपालीका लागि दःखद रहयो। स्वास्थ्य शिक्षा,पर्यटन लगाएत हरेक क्षेत्र निकै प्रभावित बन्यो । विश्वव्यापी कोरोना संक्रमण, रानीतिक पार्टीहरुको आन्तरिक द्वन्द लगाएतले गत वर्ष मुलुकमा चरम रुपमा राजनीतिक अशान्ति,अस्थिरता र आर्थिक संकट देखियो । वर्षको अन्त्यसँगै मुलुक आर्थिक संकटतर्फ गएको देखिएको छ । अतः वर्ष २०७८ विदाई भई ७९ सुरु भएको छ । विगतमा जे जस्ता घटना, समस्या र अवस्था भएतापनि यस वर्ष नेपाल र नेपालीका लागि सुखद बनोस् । राज्यको नेतृत्वमा रहेका जिम्मेवार बनुन् । नागरिकको सेवाका लागि कार्यरत कर्मचारी उत्तरदायी बनुन् ।

कोभिड र राजनाीतिक संक्रमणबाट ग्रस्त मुलुकमा नयाँ वर्षसँगै निर्वाचनको माहौल पनि सुरु भएको छ । पछिल्ला तीन वर्ष विषम अवस्थाबाट गुज्रिएको राष्ट्र र जनताका लागि नयाँ वर्ष आशाको वर्ष हो । वर्ष २०७९ मा मुलुकमा राजनीतिक स्थिरताको जग बसोस्,थलिएका सबै क्षेत्र लयमा आउन्,विकास र समृद्धिको यात्राले गति लियोस् ।

नयाँ वर्ष २०७९ को शुभारम्भसँगै मुलुकका समस्याहरु समाधान हुँदै जाउन्। हरेक क्षेत्रमा देखिएको सुस्तता हटेर गतिशिल बनुन् । आर्थिक रुपमा धराशायी बनेका क्षेत्रहरु उठुन् । स्वास्थ्य शिक्षा,पर्यटन,रोजगार जस्ता क्षेत्रहरु सक्रिय रुपमा चलायमान बनुन् । सबै तहका निर्वाचन सफल रुपमा सम्पन्न हुनुका साथै सवल नेतृत्व प्राप्त होस् । नव वर्ष २०७९ को अवसरमा हाम्रा पाठकवृन्द,विज्ञापनदाता,कर्मचारी,शुभेच्छुक लगाएत देश–विदेशमा रहने सम्पूर्ण नेपालीहरुमा सुख,शान्ति,समृद्धिको कामना ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।