ताजा अपडेट »

भैरहवामा हनुमान जयन्ती धुमधामका साथ मनाईने

विहीबार, ०१ बैशाख २०७९, १७ : ०८
16 Shares

भैरहवा । बैशाख ३ गते अर्थात चैत्र शुक्ल पूर्णिमाका दिन पर्ने हनुमान जयन्ती भैरहवामा धुमधामका साथ मनाईने भएको छ । श्री रामजानकी हनुमान मन्दिर सेवा समितिको आयोजनामा हनुमान जयन्ती उत्सव समारोह समिति गठन गरि उक्त दिन भब्य तरिकाले जयन्ती मनाउने निर्णय गरेको छ ।

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले शुक्रबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक त्रिलोकी प्रसाद गुप्ताले जयन्तीको अवसरमा भब्य शोभायात्राको आयोजना गरिने जानकारी दिए । बिहान ७ बजे गल्लामण्डीको हनुमान मन्दिरबाट सुरु हुने शोभायात्रा गल्लामण्डी, नारायणपथ, बिद्रोहीचोक, बर्मेलीटोल, कालीका मन्दिर, बैंकरोड लगायतको परिक्रमा गरि फेरी हनुमान मन्दिरमै आएर समापन हुने गुप्ताले जानकारी दिए । जन्मजयन्ती अवसर पारी हनुमान मन्दिरमा भब्य भण्डाराको समेत आयोजना गरिने उनले बताए ।

कार्यक्रममा बोल्दै श्री रामजानकी हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले सनातन धर्मको रक्षाको लागी र नेपाललाई धार्मिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए । उनले पछिल्लो १०–१२ बर्ष देखी हनुमान जयन्ती मनाईने गरिएको बताए । पछिल्लो २ बर्ष कोभिडको कारण रोकिएको जन्मजयन्ती समारोहलाई यस बर्ष देखी पुनः निरन्तरता दिएको उनले बताए । पत्रकार सम्मेलनमै बोल्दै लुम्बिनी प्रदेशका पूर्व मन्त्री सन्तोष कुमार पाण्डेले सनातन धर्मको रक्षाको लागी आयोजना हुन लागेको जन्म जयन्ती समारोहमा सम्पूण नगरवासीलाई भाग लिन आग्रह गरे ।

रामायणका कथाहरु, पात्रहरु अनि घटनाक्रममा हनुमान सबैभन्दा लोकप्रीय, दयावान अनि शक्तिशाली पात्रकारुपमा छन् । हनुमान भन्ने वित्तिकै रामभक्त अनि वलवान भन्ने बुझिन्छ, हनुमानलाई वल र साहसको पर्यायका रुपमा अभिब्यक्त गरेको वाल्मीकी रामायणले हनुमान आँफैले लेखेका हनुमान रामायणको वारेमा खासै जानकारीहरु बयान गर्दैन भने ईतिहास पनि यस विषयमा मौन नै छ । हनुमान एतीहासीक रुपमा अझै उत्खनन र अन्वेषण गर्नपर्ने पात्र हुन भने धार्मीक रुपमा एउटा कोशेढुगां अनि सामाजिक रुपमा मानिसले पुजेका जनावर देवता, हनुमान एउटा बाँदर देवता हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।