ताजा अपडेट »

जिप दुर्घटनामा २५ वर्षीय लाेकनाथकाे नयाँ वर्षकाे पहिलाे दिनमै गयाे ज्यान

विहीबार, ०१ बैशाख २०७९, १२ : ४४
2 Shares

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१  आधाभार जंगलमा बिहीबार बिहान जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–११ का २५ वर्षीय लोकनाथ सेढाई रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरा स्थित अल्पाईन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका जिपमा सवार १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । 

आज बिहान पौने ९ बजे सिमराबाट हेटौडातर्फ आउँदै गरेको बा १९ च ४३७७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।