ताजा अपडेट »

रुपन्देहीको सैनामैनामा भरुवा बन्दुकसहित २ जना पक्राउ

सोमबार, २८ चैत्र २०७८, २३ : ३०
8 Shares

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । प्रहरीले सैनामैना–१ पूर्वी भाटा एकता टोलस्थित दलबहादुर सुनार र मंगलबहादुर रावतको घरमा छापा मार्दा भरुवा २ बन्दुकसहित अन्य वस्तु फेला पारेको हो । ।

घरमा हात हतियार खर खजना रहेको भन्ने सूचनाको आधारमा सोमबार साँझ करिब ७ बजे प्रहरी टोली खटिएर निजको घर खान तलासि लिँदा निजको घरमा बारुद ६५ ग्राम , केप १२ थान ,सिसाका टुक्राहरु १२ थान, फलामका टुक्राहरु थान ८ फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी मंगल बहादुर रावतको घरमा २ थान(नाल) भरुवा बन्दुक फेला परेको हुँदा भरुवा बन्दुक बरामद गरी निजहरुलाई हातहतियार खरखजना सम्बन्धि कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।