ताजा अपडेट »

गुल्मी महोत्सव : बद्री पंगेनी लगाएतको प्रस्तुतीमा रातिसम्म दर्शकको भीड

सोमबार, २८ चैत्र २०७८, २१ : ५३
6 Shares

गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएकोे चौथो गुल्मी महोत्सवका दैनिक जसो साँस्कृतिक कार्यक्रमहरु हुने गरेका छन्। साँस्कृतिक कार्यक्रममा गाउँदेखि शहरसम्मका दर्शकहरु आउने गरेका छन् ।

दर्शकको रोजाईमा राष्ट्रिय कलाकारहरु हुन्छन् । सोमबार महोत्सवको चौथो दिनका कलाकारहरुमा मुख्य आकर्षक बन्यो तीन कलाकार माथि । लोकप्रिय गायक बद्री पंगेनी, खेम सेञ्चुरी र मोडल अञ्जली अधिकारीको मुख्य प्रस्तुती हेर्न र्दशक अबेसम्म बसेका थिए । सुरुमा जिल्लाका लोकप्रिय कलाकार अर्जुन कुँवर, शुसिला गौतम, शिलु भट्टराई, तिलक बस्नेतले प्रस्तुती राखेका थिए । यी प्रस्तुतीले नै बेलुकी भइसकेको थियो ।

तर दर्शक भने तीन कलाकारकै प्रस्तुती हेरेर फर्किने सुरमा थिए । त्यसैले त अबेसम्म बसे दर्शकहरु । पालो आयो मोडल अञ्जली अधिकारीको दर्शकबाट आवाज आयो हल्ला भयो ।

डान्स हेरे दर्शककले तर धित मरेन । फेरि गायक खेम सेञ्चुरीको प्रस्तुती आयो दर्शककलेबाट आयो ठूलो स्वरमा रमरम मरौटी । पछिल्लो समय निकै रुचाईएका गायक खेम सेञ्चुरीको प्रस्तुतीले निकै रमाए दर्शकहरु । चिदिचौरमा धुलो उडेयो नाच्दा नाच्दै बार नाग्नै खोजे दर्शककले । बेलुकी पर्दै गयो ।

खेमले एकपछि अर्को गीत गाए । तर दर्शको धित मरेर । उनका चर्चित गीतहरुसँगै रमाए दर्शकहरु । त्यसपछि अन्तिम आकर्षकको रुपमा थिए लोकप्रिय गायक बद्री पैगीनी । पंगेनीले गीत गाउँदा त रात पर्नै आटेको थियो । तर दर्शक डगेका थिएनन् ।

रातो पछ्याउरीबाट गीत गाउँन सुरु गरेका पंगेनीले ससुरालीमा लगायकत गीतहरु गाए । दर्शकले भरपुर मनोरञ्जन गरे । महोत्सवमा प्रत्येक दिन हुने साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारसँगै गुल्मी जिल्लाबाट राष्ट्रिय तथा स्थानीय स्तरमा चर्चित कलाकारहरुको प्रस्तुती रहने गरेको छ । महोत्सवको एकपछि अर्को दिन दर्शकको संख्या बढदै गएको छ ।

गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ सुरु भएको महोत्सव बैशाख ४ गतेसम्म चल्ने छ ।

१० दिनसम्म चल्ने महोत्सवमा साँस्कृति कार्यक्रमको संयोजन लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले समन्वय गरेको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए । महोत्सवमा बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि महोत्सव अबधीभर प्रर्दशन गरिएको छ ।

महोसत्वको पाचौं दिनका कलाकारहरुमा रामजी खाँण, प्रिती आले, नारायण बिपि परियार, उज्जवल गिरी , सितल शर्मा, बसन्त लम्साल, सरिता दान्कुटी , सुरि मगर, बिनोद बिष्ट, बबिता बोहोरा लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।