ताजा अपडेट »

भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु

सोमबार, २८ चैत्र २०७८, २१ : ३६
6 Shares

सिमकोट । हुम्ला जिल्लाको तल्लो क्षेत्र चंखेली गाउँपालिका–५ को नेप्कागाउँकी एक जना महिलाको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको छ ।
चंखेली गाउँपालिका–५ को नेप्कागाउँकै तेलपानी वनमा भेडाबाख्रा चराउने क्रममा भीरबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको हो ।

ढुंगा लागेर मृत्यु हुनेमा ४९ वर्षीया पानमती तामाङ रहेको सोही गाउँका स्थानीय बासी तुलवीर तामाङले जानकारी दिए ।

४९ वर्षीया पानमती तामाङको बाख्रा चराउने क्रममा बसेको बेला भीरमाथिबाट खसेको ढुंगा लागेर घटनास्थलमै मृत्यु भएको बताए । बाख्रा चराउन मृतक तामाङ एक्लै गएको बेला दिउँसै ढुंगा लागेर मृत्यु भए पनि घरपरिवारले भने बेलुका मात्र जानकारी पाएको उनले बताए ।

तामाङको घटनास्थल भएको स्थानमा पुगेका परिवारका सदस्य, उनका आफन्त तथा नेप्कगाउँका गाउँले मिलेर बेलुका लास भेट्टाएका थिए । मृतक तामाङ सधैँ गोठालो लाग्दै आएकी थिइन् ।

चंखिली गाउँपालिका केन्द्र पिप्लाङबाट पाँच घण्टा लाग्ने नेप्कगाउँमा वनमा गोठालो गएका बेला ढुंगा लागेर मृत्यु भएका कारण घटनाबारे प्रहरीलाई मृतकका श्रीमान् रञ्जन तामाङले जानकारी दिए ।- सुरेस परियार/न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।