ताजा अपडेट »

सामुदायीक वनका अध्यक्ष लाखौं मूल्यको अवैध काठसहित पक्राउ

सोमबार, २८ चैत्र २०७८, १९ : १५
6 Shares

सिरहा । सामुदायीक वनको अध्यक्षलाई अवैध काठसहित प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहाको मिर्चैया नगरपालिका-७ हरियोडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ठिकाराम पोखरेल लाखौं मूल्यको अवैध काठसहित पक्राउ परेका हुन् ।

तीन वटा आँपको गोलिया, खयर र विभिन्न जातको अवैध काठ लोड गरिएको स१त ३६०७ ट्याक्टरसहित उनी आफैले चलाएर मिर्चैया बजारतिर ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल मिर्चैया वेसक्याम्पले नियन्त्रणमा लिएको हो ।

काठ अहिलेसम्म नाप जोख नभएकाले कति हो भन्ने एकिन नभएको वन कर्यालयले जनाएको छ ।

पक्राउ परेका पोखरेललाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय लहानलाई बुझाइएको प्रहरीले जनाएको छ । डिभिजन वन कर्यालयले पोखरेललाई जिम्मामा लिएको र काठ सुरक्षाका कारण ल्याउन नसकिएकाले अहिले ल्याउने कार्य भइरहेको डिभिन वन कर्यालय प्रमुख गंगाप्रसाद यादवले जानाए ।

पक्राउ परेका पोखरेललाई म्याद थपको लागि जिल्ला अदालत सिरहा लगिएको बताइएको छ । उनी नेकपा एमालेका स्थानीय नेतासमेत रहेको पाइएको छ । उनलाई छुटाउन पार्टीका जिल्लाका ठूला नेताहरू लागेको श्रोतको भनाइ छ ।-न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।