ताजा अपडेट »

विप्लव समूह पनि चुनावी मैदानमा, स्वतन्त्र उम्मेदवार घोषणा गर्दै

सोमबार, २८ चैत्र २०७८, १८ : ०४
6 Shares

पाल्पा । नेत्र विक्रम चन्द (विप्लव)ले नेतृत्वको नेकपाका नेताहरूले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका छन् । जिल्लाको तिनाउ गाउँपालिकाका विभिन्न वडामा उनीहरूले स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेका हुन् ।

पार्टीले आगामी स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने नीति अनुरुप स्वतन्त्र रुपले घोषणा गरेको उनीहरूको भनाई छ । नेकपा पाल्पाका जिल्ला पूर्व सचिव भुवन जिसीले तिनाउ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफू स्वतन्त्र उम्मेदवार बनेर चुनावमा प्रतिष्पर्धा गर्ने उनले बताए।

आफू निकट समूहको बैठक बसाली पार्टीबाट राजीनामा दिएर भए पनि स्थानीय तहको निर्वाचन प्रतिष्पर्धा गर्ने उनले बताए। उनी केही महिना अघिसम्म विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी पाल्पा जिल्ला समिति सचिव रहेर काम गरेका थिए ।

यस्तै, विप्लव समूहल तिनाउमा २ नम्बर वडाबाट टोपबहादुर विक, ३ नम्बर वडाबाट नीरबहादुर विक र ४ नम्बर वडाबाट गणेश रानासमेत वडाअध्यक्षमा संयुक्त रुपमा स्वतन्त्र उमेदवारी घोषणा गरेका छन् ।

तिनाउको वडा नं. १ र ६ नम्बर वडा अध्यक्षमा आकाङ्क्षीहरू बढेपछि छलफलमा रहेको सो पार्टीका नेताले जनाएका छन् । -रेखीराम राना/ गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।