ताजा अपडेट »

पाँच दलीय गठबन्धन एकताबद्ध रहेको सन्देश दिन आजै अपिल जारी हुने

सोमबार, २८ चैत्र २०७८, ११ : ०२
6 Shares

काठमाडौं । स्थानिय तह निर्वाचनमा गठबन्धन गरेका दलहरु बिचमा सहमति हुन नसकेको सन्देशलाई चिर्नका लागि पाँच दलीय गठबन्धनका शिर्ष नेताहरुले संयुक्त अपिल जारी गर्ने भएका छन । 

प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुको बैठकमा संयुक्त अपिल जारी गर्ने बिषयमा सहमति भएको हो । उक्त सहमति पछि आजै अपिल जारी हुने नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन । 

गठबन्धनका मोडालिटी र मापदण्डका बारेमा शिर्ष नेताहरुसहित पाँच दलीय गठबन्धनको तयारी तथा अनुगमन संयन्त्रका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको बैठक जारी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।