१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

काठमाण्डौं । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयमा वाम विद्यार्थी संगठन आइसा र हिन्दू विद्यार्थी संगठन एबीभीपीले एकअर्कामाथि आक्रमणको आरोप लगाएका छन् । विश्वविद्यालयको मेसमा मांसाहारी खानालाई लिएर विद्यार्थी संगठनहरूबीच झडप भएको बताइएको छ ।

Advertisement

वाम विद्यार्थी संगठनहरूका अनुसार एबीभीपी कार्यकर्ताहरूले विश्वविद्यालयको कावेरी होस्टेलको मेसमा मांसाहारी खानाको विरोध गरिरहेका थिए। विद्यार्थी संगठन अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) को तर्फबाट गरिएको ट्वीटमा एबीभीपी कार्यकर्ताको हमलामा कयौँ विद्यार्थी घाइते भएको दाबी गरिएको छ ।

बीबीसीको समाचार अनुसार घटनास्थलमा प्रहरी पनि पुगेको थियो । विद्यार्थी संगठनहरुले प्रहरीमा उजुरी दिएको बताएका छन् । यद्यपी यसबारे प्रहरीले अहिलेसम्म कुनै जानकारी दिएको छैन । यसैबीच, एबीभीपीबाट जारी ट्वीटमा वाम विद्यार्थी संघको आक्रमणमा उनीहरूको कार्यकर्ता रविराज गम्भीर घाइते भएको जानकारी दिइएको छ।

अर्कोतर्फ, जेएनयू विद्यार्थी संघका अध्यक्ष आईसी घोषले ट्विटरमा भिडियो पोस्ट गर्दै एबीभीपीका विद्यार्थीहरूले जेएनयूमा बस्ने विद्यार्थीहरूलाई मांसाहारी खाना खानबाट रोक्न खोजेको दाबी गरे। उनले छात्रावासको मेस सचिवलाई पनि एबीभीपीले आक्रमण गरेको दाबी गरेकी छन् ।

जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थी सङ्गठनहरू विगतमा पटक-पटक झडप भएका छन् । यसपटक विद्यार्थी संगठनबीचको द्वन्द्वको कारण मासु बनेको छ । राष्ट्रिय राजधानी दिल्लीमा अवस्थित जवाहरलाल नेहरु विश्वविद्यालय  भारतमा उच्च शिक्षाको लागि उत्कृष्टताको केन्द्र हो। यस विश्वविद्यालयमा वाम र दक्षिणपन्थी विचारधाराका विद्यार्थीहरूबीच झडप भइरहन्छ ।-एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी ! बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै प्रतिनिधि सभा : १६१ स्थानको टुङ्गो लाग्यो, १ स्थानमा गणना जारी हुँदा ३ ठाउँ अन्यौलमा प्रदेश सरकार गठन गर्न केन्द्रको भर, लबिङका लागि नेता भेट्नेको लर्को यस्तो छ आजको मौसमी पूर्वानुमान