ताजा अपडेट »

पाल्पामा जीप दुर्घटना, ४ जना घाइते

सोमबार, २८ चैत्र २०७८, ०८ : १०
6 Shares

पाल्पा । पाल्पाको रामपुरमा हिजो साँझ जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रामपुर नगरपालिकाको वडा नं. २ बटरामा भलायटारबाट स्याउली बजारतर्फ जाँदै गरेको लु १ ग ५७०९ नं.को जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी जीपका चालक रामपुर १ स्याउली बजारको २८ वर्षीय सन्जु श्रेष्ठ, सोही स्थानको २५ वर्षीय मनोज सिग्देल,३५ वर्षीय सुर्य श्रेष्ठ तथा स्याङ्जाको वालिङ ६ का २२ वर्षीय मनोज क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको हुँदा प्राथमिक उपचार पश्चात पोखरास्थित मणिपाल अस्पताल रेफर गरिएको र सूर्य श्रेष्ठको रामपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिनुभयो । जीप कालीगण्डकी करीडोरबाट झण्डै सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।