ताजा अपडेट »

गाउँपालिका अध्यक्षद्वारा सरकारी सवारी साधन फिर्ता

सोमबार, २८ चैत्र २०७८, ०७ : १६
23 Shares

दाङ । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै पालिका अध्यक्ष वलीले प्रयोग गर्दै आईरहेको रा १ झ ६१६ नम्वरको बलेरो जिप आईतबार कार्यालयमा लगि बुझाएका हुन् ।

आचारसंहिता जारी भईसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै अध्यक्षले गाडी फिर्ता गरेका गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।