ताजा अपडेट »

गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा किन भयो आगलागी ! (फोटोफिचर)

आइतबार, २७ चैत्र २०७८, २१ : ३१
26 Shares

भैरहवा । आइतबार साँझ सवा सात बजे भैरहवामा रहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलतर्फ आगोको ठूलो मूस्लो देखियो । त्यहाँ बिमान दुर्घटना भएको भैरहवावासीको अड्कल थियो । लगत्तै दमकल र एम्बुलेन्स लगाएतको साइरन घन्किन थालेपछि भैरहवावासीले गरेको दुर्घटनाको अड्कललाई थप बल पुग्यो । आगोको मूस्लो विमान दुर्घटनाकै थियो ।

हिले बिमानस्थलबाट गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल भैरहवा आउँदै गरेको मुकु एयरलाइन्सको ए ३३० प्रकारको फ्लाइट नम्बर एमयुकेयु १८१ विमानको इन्जिनमा एक्कासी आगो लाग्दा आकस्मिक अवतरणको क्रममा विमान दुर्घटनामा परेको हो । जहाजको बाँया इन्जिनमा समस्या देखिएपछि विमानलाई आकस्मिक अवतरण गराउनु परेको गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलको भनाई छ ।

दुर्घटनामा बिमानमा सवार चालक दलका सहित २ सय यात्रु भएको जसमध्ये ५० जनाको मृत्यु (काल्पनिक रुपमा) भएको भन्दै गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलका महाप्रवन्धक गोविन्द प्रसाद दहालले जानकारी गराउँदै थिए । दुर्घटनामा परि अन्य १ सय ५० जना घाइते भएको बारे पनि (काल्पनिक रुपमा) उनले जानकारी गराउँदै थिए ।

बिमानस्थलमा अवतरण हुँदै गरेको मुकु एयरको बिमानमा आगलागी भएपछि बिमानस्थमा रहेको उद्दार तथा अग्नी निवारण शाखाबाट खटिएको उद्दारकर्मि र नेपाली सेना तथा नेपाल प्रहरीबाट बिमानको आगो निभाई सफल रुपमा घाइतेहरुको उद्दार गरिएको थियो ।

भैरहवा बिमानस्थल पुग्दा सूचना अधिकारी प्रदिप अर्यालले जानकारी गराई रहेका थिए । यी सबै वास्तविक दृश्य थिए तर, दुर्घटना वास्तविक थिएन । गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल क्षेत्रभित्र हुने जहाज दुर्घटना पश्चात् उद्धारलाई व्यवस्थित र छिटो छरितो बनाउन विमानस्थलमा पूर्णकालीन आपतकालिन उद्धार अभ्यास गरिएको दृश्य थियो यो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार बिमानस्थलमा फायर फाइटर, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली, एम्बुलेन्स तथा दमकल समेतको सहभागितामा फुल स्केलको आपतकालिन अभ्यास गरिएको हो ।

अन्तराष्ट्रिय विमानस्थलमा यस्ता अभ्यास हुने गरे पनि गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा वृहत अभ्यास सहित पहिलो पटक अभ्यास गरिएको हो । व्यवहारिक अभ्यास र आपतकालिन अवस्थामा अपनाउनु पर्ने कामबारे प्राविधिकलाई जानकारी दिईएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नेपालको आन्तरिकतर्फ सबै मौसममा व्यस्त हुने विमानस्थल पनि हो ।

जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास गर्न यस्तो अभ्यास गरिएको बिमानस्थलका महाप्रवन्धक गोविन्द प्रसाद दहालले जानकारी दिए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड भित्र रहेर आईतबार साझ ७ बजेदेखि साढे ७ बजेको बीचमा फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली विमानस्थलमा एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालिन अभ्यास गरिएको विमानस्थल प्रमुख दाहालले जानकारी दिए ।

आन्तरिक विमानस्थलमा तयारी र अभ्यासका काम हुने भएपनि अन्तराष्ट्रिय बिमानस्थलमा रातीमा वृहत अभ्यास सहित पहिलो पटक कार्यक्रम गरिएको उनले जानकारी दिए । यसले भोली जहाज वास्तविक रुपमा दुर्घटना हुदा नआत्तिकन मनोबल बढाउदै उद्दारमा सहज हुने उनको बुझाई छ । “भगवानको कृपाले कुनै दुर्घटना नहोस तर कुनै पनि दुर्घटना भए हामी त्यसको सामान तयार गर्न र हाम्रो आत्मबल बढेको सन्देश दिन यो अभ्यास गरेको छौ ।” दाहालले भने ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा