ताजा अपडेट »

गुल्मी महोत्सव : गायक रमेश राजको ‘बेहुला बनाउँछु भन्थी... ’ मा झुमे दर्शक

आइतबार, २७ चैत्र २०७८, २१ : २५
6 Shares

गुल्मी । आज चैत २७ आइतवार अर्थात् चौथो गुल्मी महोत्सवको तेस्रो दिन । महोत्सवले सिंगारिएको तम्घासको चिदिचौर । चौरभरी स्टल र महोत्सव अबलोकन गर्न आएका हजारौं दर्शक । महोत्सवमा देश बिदेशमा ख्याति प्राप्त चर्चित लोक तथा दोहोरी गायक राधिका हमाल, रमेशराज भट्टराई, कसुल वेल्वासे, सन्तोष केसी, उज्वल गिरी, कुुसुम परियार, समिक्षा विसी लगायतका कलाकारहरुको प्रस्तुती रहको थियो । बिदाको दिन भएकाले दर्शकको निकै चहलपहल थियो ।

कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै तेस्रो गुल्मी महोत्सव गुल्मीमा चलेको चौथो गुल्मी महोत्सवको तेस्रो दिनको साँस्कृतिक कार्यक्रममा गायक रमेशराज भट्टराईलाई गुल्मीमा बहुला बनाए । जब साँस्कृतिक प्रस्तुति दिन महोत्सवको स्टेजमा गए तब गायक रमेशराज भट्टराईलाई गुल्मी महोत्सवमा साँस्कृतिक कार्यक्रम हेर्न गएका दर्शकले ठुलो स्वरमा हुटिङ्ग गर्दै सुरुमै बहुला गीत गाउन भन्दै थिए । तर उनले खुट्टा भए गीत सुनाए मञ्च नजिकै पुगेका दर्शकको मन थामिएन उनिसँगै नाच्नलाई जनिकै जान खोजे । धेरै दर्शक उनकै प्रस्तुती हेर्न कार्यक्रमको अन्ति

कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै तेस्रो गुल्मी महोत्सव गुल्मीमा चलेको चौथो गुल्मी महोत्सवको तेस्रो दिनको साँस्कृतिक कार्यक्रममा गायक रमेशराज भट्टराईलाई गुल्मीमा बहुला बनाए । जब साँस्कृतिक प्रस्तुति दिन महोत्सवको स्टेजमा गए तब गायक रमेशराज भट्टराईलाई गुल्मी महोत्सवमा साँस्कृतिक कार्यक्रम हेर्न गएका दर्शकले ठुलो स्वरमा हुटिङ्ग गर्दै सुरुमै बहुला गीत गाउन भन्दै थिए । तर उनले खुट्टा भए गीत सुनाए मञ्च नजिकै पुगेका दर्शकको मन थामिएन उनिसँगै नाच्नलाई जनिकै जान खोजे । धेरै दर्शक उनकै प्रस्तुती हेर्न कार्यक्रमको अन्तिम प्रहरसम्म बसेका थिए ।

कार्यक्रममा उनको प्रस्तुति अन्तिम चरणमा थियो त्यसैले पनि दर्शकको रोजाईमा उनि थिए । कार्यक्रमको उनले नथियावाली भन्ने बोलको गीत गाए । दर्शकको धेरै हुटिङ्ग आयो गायक रमेशराज दर्शक भएठाउँमै पुगेर गीत गाए । उनले अर्को गीत तिमी लास्टै बिउटी छउ भन्ने गीत पनि गाए दर्शकबाट उनका हेरक गीतमा साथ रहेयो । गीत गाउँदै जाँदा उनले गीतको पुरै गीत गाउँदै गए धेरै दर्शकले साथ दिए उनि झनै उत्साहि बन्दै गीत गाए ।

उनिको प्रस्तुतीले तम्घासको चिदिचौर झनै रमाइलो मय बनाए । सांगितिक प्रस्तुति एक पछी अर्को बवाल भो थपे झनै दर्शकले साथ दिए । उनि दर्शक भएको ठाउँमै पुगेर गीत गाए । दर्शदले उनलाई समाएरै गीत गाए । धेरैले टिकटक बनाए । उनले पनि दर्शकको मोइलवाटै टिकटक बनाइ दिए । गायक रमेशराजले प्रस्तुति दिँदा धेरैको मन जिते । गायक रमेशराज लोक बिधाका गीत गाउन उत्तिकै सिपालु रहेका छन् । लोक बिधासँगै उनलाई सुगम संगीतमा पनि उनि निकै लोकप्रिय गायक तथा गीतकारको रुपमा परिचित छन् ।

अन्तिम प्रहरमा बेहुला बनाउछु भन्थी बहुला बनाएर गई गीत गाए धैरैको नजर उनि माथी खनियो । दर्शले गीतको सबै अंस गाउँदै जाँदा सबैले साथ उत्तिकै दिए । गीत गाउँदै उनि दर्शक कहाँ पुगे गीत एक पटक सकियो दर्शकले मानेनन् पुनः फेरि गीत गाउन भने उनि फेरि उक्त गीत गाए । धेरै दर्शक श्रोताको मन जित्ने गायक रमेशराजलाई अन्तिम प्रहर सम्म साथ दिने दर्शलाई धन्यवाद दिँदै बिदा भए ।

गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ सुरु भएको महोत्सव बैशाख ४ गतेसम्म चल्ने छ । महोसत्वको चौथो बद्री पंगेनी, अञ्जली अधिकारी, खेम सेनचुरी, शुसिला गौतम, सिलु भट्टराई, अर्जुन कुँवर, तिलक बस्नेत, अस्मी परियार, बसन्त लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।