११ मंसिर २०७९, आईतवार

Nov 27, 2022

धनगढी । नेकपा एकीकृत समाजवादी नेपालका तारालामा तामाङ गत १ असोजमा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भए । मन्त्री बनेको सात महिनामै उनको पद खुस्कियो । मन्त्रिबाट हटाइएको दुई दिनपछि मात्रै उनले जानकारी पाए । 

Advertisement

कञ्चनपुरबाट निर्वाचित प्रदेशसभा सदस्य समेत रहेका लामाले मन्त्रीबाट हटाइएको जानकारी दुई दिनपछि मात्रै पाएका हुन् । मुख्यमन्त्री त्रिलोचन भट्टले २५ चैतमा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । जसमा लामाको ठाउँमा समाजवादीकै प्रदेशसभा सदस्य प्रकाश रावललाई मन्त्री बनाएका थिए । 

उनले सामाजिक सञ्जालमा मन्त्रिबाट हटाइएको जानकारी दुई दिनपछि मात्रै पाएको जनाएका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले उनलाई फिर्ता बोलाएको थियो । शुक्रबार मन्त्रिपरिषद् हेरफेर गरिएको थियो । तर, उनले त्यो जानकारी आइतबार मात्रै पाएका हुन् । उनको ठाउँमा प्रकाश रावललाई पठाएको थियो । 

उनले फेसबुकमा लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डलमा हेरफेर भयो रे भन्ने सुनियो त ।’  

एकीकृत समाजवादीले गत शुक्रबार आफ्नो पार्टीका तर्फबाट प्रदेश सरकारमा रहेका तीन मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाएको थियो। एकीकृत समाजवादीबाट मन्त्री बनेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आर्थिक मामिलामन्त्री तारा लामा तामाङलाई फिर्ता बोलाइएको थियो। 

उनले मन्त्रीबाट फिर्ता बोलाउँदा पार्टीमा कुनै छलफल नगरेको बताए । उनले फिर्ता हुने जानकारी नदिइएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।- न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

तीन जिल्ला बाहेकको मतपरिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने रुस र युक्रेनद्वारा युद्धबन्दी आदानप्रदान इरानमा पक्राउ परेका र्‍यापरको परिवार जोखिममा इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु क्युएफएक्स बुटवलले तेस्रो वार्षिकत्सोवको अवसरमा टिकटमा छुट लुम्बिनी बौद्ध विश्वविद्यालयले १८ औं स्थापना दिवस सप्ताहव्यापी मनाउँदै देउवाका ६ मन्त्री पराजित आमनिर्वाचनमा राप्रपाको फड्को लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल यी तीन उम्मेदवार, जसले अर्घाखाँचीमा सबैभन्दा कम मत प्राप्त गरे उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु होः किम जोङ उन चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई लुम्बिनीमा ३ अर्बको ठेक्का ! १५७ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन पार्टीले कति सिट जित्यो ? अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण विक्रीमा प्रतिबन्ध रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी गुल्मीमा धान उत्पादन घट्यो, करिब २८ हजार मेट्रिकटन उत्पादन तुराँग वहुप्राविधिक शिक्षालय विपन्न विद्यार्थीकाे सहारा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ विजयी