११ मंसिर २०७९, आईतवार

Nov 27, 2022

सदरमुकाम गमगढी बजारको न्युनरोडमा थन्किएको सोरु गाउपालिकाको गाडी , तस्विर : खड्क सुनार

मुगु । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको सरकारी गाडी गमगढीको न्युरोड बजारमा थन्किएको छ । सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले सवार गर्ने सरकारी गाडी न्युरोडको बजारमा थन्किएको हो । 

Advertisement

गाउँपालिकाले ३७ लाख रकममा खरिद गरेको भे१झ २७९ नम्बरको गाडी एक वर्षदेखि बीच रोडमै थन्किएको छ । तीन वर्षअघि गाउँपालिका अध्यक्ष शाहीलाई सवार गर्न खरिद गरेको गाडी बिग्रिएपछि मर्मतको लागि ल्याइएको थियो । मर्मत कार्य अगाडी नबढ्दा अहिले गमगढीको न्युरोडस्थित ढलमा गाडी थन्किएको बताइएको छ । 

लाखौं मूल्य हालेर खरिद गरेको गाउँपालिकाको गाडी थन्काएर अध्यक्ष लगायत गाउँपालिका कर्मचारी निजी जिप भाडामा लिएर गाउँपालिका केन्द्र पुग्ने गरेका छन् । उक्त गाडी मर्मत गर्न करिब २ लाख रुपैयाँ लाग्ने गाउँपालिकाले जनाएको छ । 

बजेट अभावमा गाडी बेवारिस बनेको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले शाहीले जानकारी दिए । अन्य विषयमा लाखौं रकम खर्चिने तर गाडी मर्मत दुई लाख पनि नछुट्याउनु गाउँपालिकाको लापरबाही भएको स्थानीयले बताएका छन् ।

आफ्नो गाडी कवाडी बनाएर जनप्रतिनिधि र कर्मचारी भने वर्षमा १०/१२ लाख रुपैयाँ खर्च गरी भाडाका गाडी चढ्ने गरेका छन् । यसरी जनप्रतिनिधिले सरकारी बजेटको चरम दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ ।

पालिकाको केन्द्र सोरुकोटसम्म सडक पुगेपछि जनप्रतिनिधि र कर्मचारीको सुविधाका लागि गाडी खरिद गरेको  गाउँपालिका अध्यक्ष शाहीले बताए । ‘गाडी मर्मतका लागि बजेट व्यवस्थापन गर्ने कार्य अगाडी बढेको छ,’ अध्यक्ष शाहीले भने, ‘अब छिट्टै मर्मत गरी हाम्रो कार्यकाल सकिनुअघि नै गाडी गाउँपालिकामा बुझाउने छौं ।’ – खड्क सुनार/न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

किमले पुनः सार्वजनिक गरे छोरीसँगको तस्वीर, उत्तराधिकारी बनाउने तयारी ? तीन जिल्ला बाहेकको मतपरिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने रुस र युक्रेनद्वारा युद्धबन्दी आदानप्रदान इरानमा पक्राउ परेका र्‍यापरको परिवार जोखिममा इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु क्युएफएक्स बुटवलले तेस्रो वार्षिकत्सोवको अवसरमा टिकटमा छुट लुम्बिनी बौद्ध विश्वविद्यालयले १८ औं स्थापना दिवस सप्ताहव्यापी मनाउँदै देउवाका ६ मन्त्री पराजित आमनिर्वाचनमा राप्रपाको फड्को लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल यी तीन उम्मेदवार, जसले अर्घाखाँचीमा सबैभन्दा कम मत प्राप्त गरे उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु होः किम जोङ उन चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई लुम्बिनीमा ३ अर्बको ठेक्का ! १५७ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन पार्टीले कति सिट जित्यो ? अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण विक्रीमा प्रतिबन्ध रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी गुल्मीमा धान उत्पादन घट्यो, करिब २८ हजार मेट्रिकटन उत्पादन तुराँग वहुप्राविधिक शिक्षालय विपन्न विद्यार्थीकाे सहारा