ताजा अपडेट »

पाकिस्तानका विधायकबीच झडप, मतदान फेरि स्थगित

शनिबार, २६ चैत्र २०७८, २३ : ०५
4 Shares

इस्लामावाद। पाकिस्तानका विधायकहरूबीच शनिबार राष्ट्रियसभामा झडप भएको छ । विपक्षीहरुले सत्तारुढ दलका सदस्यहरूले अविश्वासको मत भन्दा अगाडि समय खेर फालेको आरोप लगाएका छन् । उनीहरूले मतदान प्रधानमन्त्री इमरान खानको पक्षमा नआउने देखेपछि सरकारले आफ्नो पार्टीबाट नियुक्त अधिकारीलाई गलत मनसायका लागि प्रयोग गरी मतदानलाई लम्ब्याएको आरोप विपक्षी नेताले लगाएका छन् ।

विदेशमन्त्री कुरेसीले आफ्नो दलको तर्फबाट निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफू लाग्नु राजनीतिक जिम्मेवारी भएको बताएका छन् । शनिबार अपरान्ह दोस्रो पटक मतदान कार्यक्रम स्थगन गरिएको हो । रमजान व्रत तोडेपछि विधायकहरूलाई साँझमा फर्कन भनिएको छ ।

झडपका समय संसदमा उपस्थित नभएका खानले ३४२ सिटको विधानसभामा गठबन्धन साझेदार र आफ्नै पार्टीका सदस्यहरूको कार्यक्षमता तथा गलत कामका कारण आफ्नो बहुमत गुमाएका छन् । उनलाई बर्खास्त गर्न विपक्षीलाई जम्मा १७२ मत मात्र आवश्यक छ ।

एजेण्डामा नयाँ प्रधानमन्त्रीको लागि कुनै मत छैन । यद्यपि पाकिस्तान मुस्लिम लिग–एन (पीएमएल–एन) का नेता शेहबाज शरीफलाई नयाँ प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चर्चा गरिएको छ ।

बढ्दो मुद्रास्फीति, डलरसँग कमजोर बनेको पाकिस्तानी मुद्रा र कर्जा व्यवस्थापनका कारण जसले आफ्नो जिम्मेवारी सम्हाल्छ उसलाई खानलाई जस्तै सङ्कटले पिरोल्ने अनुमान गरिएको छ ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।