१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

बुटवल । बुटवल अमर पथमा रहेको हिमान्सु बुटिक एण्ड ट्रेनिङ् सेन्टरको आयोजनामा द हिमान्सु डिजाइनर्स रनवेको दोस्रो सेसनको ग्राण्ड फिनाले आगमी सोमबार हुने भएको छ।

Advertisement

फेसन डिजाईनर्सहरुले चैत १ गतेदेखि शुरु गरेको तालिमको फाइनल चैत २८ गते सोमबार हुन लागेको शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा हिमान्सु बुटिक एण्ड ट्रेनिङ सेन्टरकि सञ्चालक हिरा पेग्निले महिलाहरूको आत्मविश्वास बढाउँदै उद्यमशिलतामा जोड्नको लागि प्रतियोगिता गर्न लागेको बताइन्।

चैत १ गतेबाट प्रयोगात्मक तालिम र २३ गतेबाट सैद्धान्तिक तालिम शुरु भएको जानकारी दिँदै उनले प्रथम द्वितीय हुँदै टप १० प्रतिश्प्रधीलाई पुरस्कार प्रदान गरिने जानकारी दिइन।कार्यक्रम सम्पन्न गर्नको लागि १० लाख बढी खर्च हुने अनुमान गरिएको जानकारी दिइन्।

पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम निर्देशक पवन आचार्यले २१ जना डिजाइनर्स महिलाको सहभागिता रहेको प्रतियोगितामा १० जना महिला मोडल, एक तेस्रोलिङी महिला र १५ जना किड्स मोडल रहेको जानकारी दिए।

प्रतितोगितामा प्रथम हुनेलाई इण्डष्ट्रियल स्विङ मेसिन, द्वितीय हुनेलाई इलेक्ट्रिक स्विङ मेसिन र तृतीयलाई पिको स्विङ मेसिन प्रदान गरिने जानकारी दिए।

पत्रकार सम्मेलनमा बोल्दै इभेण्ट संयोजक रेशम न्यौपानेले प्रतियोगिहरुबाट फर्म चार्ज १ हजार लिएको र त्यो बापत निःशुल्क ३ वटा ड्रेस हिमान्सु बुटिक ब्यवस्थापन गरिने जानकारी दिए।

कार्यक्रमको टिकटबाट उठेको रकम मध्ये १० प्रतिशत सामाजिक कार्यमा खर्चिने उनले बताए । प्रतियोगिताको निर्णायकमा केन्द्रिय फेसन डिजाइनर्स यूवी थापा लगाएत रहने छन् । साथै रन वे को सम्पूर्ण टेक्निकल तयारी भेसकेको रनबे संयोजक अभिविन्द खनियाले जानकारी दिए। द हिमालयन डिजाइनर्स रनवे पहिलो सिजनको विजेता सृष्टि गुरुङ हुन्।

प्रतिकृया दिनुहोस्

Flash News

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी ! बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै प्रतिनिधि सभा : १६१ स्थानको टुङ्गो लाग्यो, १ स्थानमा गणना जारी हुँदा ३ ठाउँ अन्यौलमा प्रदेश सरकार गठन गर्न केन्द्रको भर, लबिङका लागि नेता भेट्नेको लर्को यस्तो छ आजको मौसमी पूर्वानुमान