१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

बुटवल । बुटवलमा सञ्चालित उपमेयरकप अन्तरपालिका महिला प्रथम खुल्ला कबड्डी प्रतियोगिताको उपाधि कञ्चन गाउँपालिकाले हात पारेको छ । शनिबार न्यू होराइजन मावि कालिकानगरमा भएको फाइनल प्रतिष्पर्धामा न्यू होराइजन स्पोर्टस् क्लबलाई पराजित गरी कञ्चनले उपाधि चुमेको हो । कञ्चनले ३५ र होराइजनले ३२ स्कोर ल्याए ।

Advertisement

त्यस्तै प्रतियोगितामा बुटवल उपमहानगरपालिका र सियारी गाउँपालिका तृतीय भएका छन् । विजेता कञ्चनले २० हजार, द्धितीय होराइजनले १२ हजार र बुटवल र सियारी ७÷७ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा ६ टिमले भाग लिएको न्यू होराइजन स्पोर्टस क्लबका अध्यक्ष प्रकाश खनालले जानकारी दिए ।

विजेता टिमलाई नेकपा एमाले सचिव तथा पूर्व मन्त्री छविलाल विश्वकर्माले पुरस्कार वितरण गरे । सो अवसरमा बोल्दै राज्यले खेल क्षेत्रमा प्रोत्साहन गर्न आवश्यक रहेको बताए । उनले खेल क्षेत्रको विकासको लागि आफूले सक्दो सहयोग गर्ने बताए ।

बुटवल उपमहानगरपालिका खेलकूद विकास समितिको आयोजना र न्यू होराइजन स्पोर्टस् क्लब व्यवस्थापनमा प्रतियोगिता गरिएको थियो । कार्यक्रममा न्यू होराइजन स्पोर्टस क्लबका सल्लाहकार बालकृष्ण भण्डारी, खेल संयोजक महेन्द्र सुनार, न्यू होराइजन स्पोर्टस् क्लबका लेखा प्रमुख लिला खनाल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव प्रकाश गौतमले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र यी हुन् महिला एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो दुईवटा किविको बोटबाट वार्षिक ८० हजार