ताजा अपडेट »

गुल्मी महोत्सव : कुलेन्द्रको सालको पातमा रमाए दर्शक

शनिबार, २६ चैत्र २०७८, २० : ४६
10 Shares

गुल्मी । महोत्सवले सिंगारिएको तम्घासको चिदिचौर । चौरभरी स्टल र महोत्सव अबलोकन गर्न आएका हजारौं दर्शक । महोत्सवमा देश बिदेशमा ख्याति प्राप्त चर्चित लोक तथा दोहोरी गायक चन्द्र शर्मा, कुलेन्द्र विश्वकर्मा, सिता राना, अनु राना, लालुमाया कुँवर लगायत जिल्ला स्तरिय कलाकारको बेजोड प्रस्तुति राखेका थिए ।

शनिबार बिदाको दिन भएकाले पहिलो दिन भन्दा दोस्रो दिन दर्शकको निकै चहलपहल थियो । दोस्रो दिन दर्शकको बढ्दो आर्कषण तथा आखाँ भने चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मामा पुग्यो । लोक संगितको क्षेत्रमा सयौं गितले बजारमा तहल्का पिटेर आम नेपाली दर्शकको माया र देश बिदेशमा चर्चा कमाएका कलाकार बिश्वकर्मा स्टेजमा पुगेर सालको पातको टपरी हुनी हे बरै नहुनी सल्लैको भन्दै गित गाउँदै थिए । महोत्सव अबलोकन गर्न पुगेका हजारौं दर्शक बिश्वकर्माको गितमा झुम्दै थाले । गितमा हुटिङ्ग गर्दै गायकको गित संगै गाउँदै र नाच्दै कलाकारको गितमा सुन सुगन्थ थपिदिए । ‘

डाडै फुर्के सल्लो, सालको पातको टपरी, रुमाल हल्लाई हल्लाई, नजाउ है सानु पधेरीमा’ यी गीतका गायककारको नाम सुन्न बित्तिकै दर्शको चिच्चावट आवाज आयो । अनि बन्यो गुन्जाएमान गुल्मी महोत्सव । ‘सालको पात टपरी नहुने सल्लैको हे बरै’ भन्ने गीत जब गाउदै थिए गायक कुलेन्द्र बिश्वकर्माले दर्शक गायक सामु आएरै रमाए ।

कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएकोे चौथो गुल्मी महोत्सवमा दोस्रो दिनका कार्यक्रममा लोक दोहोरी गायक कुलेन्द्र बिश्वकर्मासँग दर्शक रमाएका हुन् । महोत्सवको दास्रो दिन प्रमुख आकर्षण बनेका गायक बिकले जब गीत गाउँन थाले तब चिदिचौरमा दर्शकले नाचेरै धुलो उडाए । शनिवार बिदाको दिन भएरपनि हुनसक्छ दर्शकको भिड महोत्सवमा उलेख्य थियो । त्यो सँगै कुलेन्द्र बिकले जति जति गीत गाउँदै गए उति उति दर्शक रमाए ।

सालको पातको गीत मात्रै दर्शको रोजाईमा तीनपटक वढि गाए । तर पनि दर्शको धित मरेन फेरि उनि नजाउ है सानी पधेरीमा भन्ने गीत गाए दर्शकले निकै रमाइलो महसुस गरे । उनले अर्को गीत गाए जिम्माल बाको आगनीमा भन्ने झनै रमाइलो महसुस गरे दर्शककले । कोरोनाको २ वर्षसम्म सार्बजनिक कार्यक्रम हेर्न नपाएका दर्शकलाई महोत्सवले निकै रमाइलो बनाएको हो । महोत्सवमा गायक बिकसँगै आएका लोप्रिय गायक चन्द्र शर्मा, कुलेन्द्र बिक, सीता राना, अनु राना, लालुमाया कुँवर, लगायतका कलाकारहरुको प्रस्तुती रहको थियो ।

कोरोनाले काक्रान्त बनेर घरमै बस्न बाध्य गुल्मेलीहरुलाई महोत्सवले बिबिध पिडा बिर्साउने माध्यम बनेको छ । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ सुरु भएको महोत्सव बैशाख ४ गतेसम्म चल्ने छ । महोसत्वको तेस्रो दिन चैत २७ गतेका दिन राधिका हमाल, रमेशराज भट्टराई, कसुल वेल्वासे, सन्तोष केसी, तुल्सिंह रनपछाई, उज्वल गिरी, कुुसुम परियार, समिक्षा विसी लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।