१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

परासी । पश्चिम नवलपरासीमा बालकलाई आक्रमण गरेर भागेको चितुवा रुखबाट खसेर मरेको छ। जिल्लाको प्रतापपुर गाउँपालिका–८ पिपरपाती गाउँमा शनिबार दिउँसो देखिएको उक्त चितुवाले स्थानीय बालकलाई आक्रमण गरेर भागेको थियो।

Advertisement

उखुबारीबाट निस्केको चितुवा गाउँपसेपछि स्थानीयले प्रहरीमार्फत डिभिजन वन कार्यालयलाई खबर गरेका थिए। एक स्थानीयको घरमा पसेको चितुवालाई गाउँलेले भगाएका थिए। भाग्दै गरेको चितुवाले गहुँखेतमा परीवारसँग बसेका ११ वर्षिय बिजय हरिजनलाई आक्रमण गरेर घाइते बनाएको वडाअध्यक्ष कादिरअलि अंसारीले जानकारी दिए।

आक्रमणमा परी टाउकोमा चोट लागेका बालकको अवस्था उपचारपछि सामान्य छ। बालकलाई आक्रमण गरेर भागेको चितुवा सिमलको रुखमा चढेको थियो । गाउँलेको भिडदेखेपछि आत्तिएको चितुवा रुखबाट खसेर मरेको डिभिजन वन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए। मृतक भाले चितुवा अन्दाजी ५ वर्षको छ।

मृतक चितुवालाई पोष्टमार्टमका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र परासीमा पठाइएको वाग्लेले बताए।

प्रतिकृया दिनुहोस्

Flash News

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी ! बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै प्रतिनिधि सभा : १६१ स्थानको टुङ्गो लाग्यो, १ स्थानमा गणना जारी हुँदा ३ ठाउँ अन्यौलमा प्रदेश सरकार गठन गर्न केन्द्रको भर, लबिङका लागि नेता भेट्नेको लर्को यस्तो छ आजको मौसमी पूर्वानुमान