१० मंसिर २०७९, शनिबार

Nov 26, 2022

भक्तपुर ।  मोर्डन यथु फोर सोसाइटी भक्तपुरले मानन्धर समुदायको व्यापारव्यवसाय प्रवर्द्धनका लागि एक गोष्ठीको आयोजना गरेको छ । भक्तपुर जिल्ला मानन्धर युवा संघ र स्काई इन्टरनेशनल ग्रुप प्रालिको सहकार्यमा पूर्व सहरी विकासमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा गोष्ठी आयोजना भएको हो । 

Advertisement

कार्यक्रममा प्रमुख अतिथि मानन्धरले पानसमा दीप प्रज्वलन गरी गोष्ठीको उद्घाटन गरेका थिए । भक्तपुर कमलववनायकस्थित केभी लञ्ज तथा जगातीको छुयाला पसलको आयोजनामा गरिएको कार्यक्रमको सभापतित्व ग्रहण गर्दै सोसाइटीका अध्यक्ष शिव मानन्धरले नयाँ सोच र विचारका साथ व्यापारव्यवसाय प्रवर्द्धन एक सय लगानीकर्ता सदस्यबाट करिब ५० करोड लगानी गर्ने अभियान सञ्चालन भइरहेको बताए । 

मानन्धर समुदायको परम्परागत व्यवसायलाई परिष्कृत र आधुनिक बनाउन तथा नयाँ पसुतालाई उद्यमी बनाउन उत्प्रेरित गर्न स्काई इन्टरनेशनलको समेत सहयोगमा विभिन्न उद्यमशीलता विकास कार्यक्रम प्रवर्द्धन योजनामा रहेको उनले जानकारी दिए । 

स्काई इन्टरनेशनलका अध्यक्ष केपी अवाल, पूर्व मिस नेपाल इभाना मानन्धर, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछे मानन्धर, संस्थाका महासचिव रामकृष्ण मानन्धर, योङ योंग आन्तरप्रोन्योर्स संघका अध्यक्ष रोहित मानन्धर, केन्द्रीय मानन्धर संघका युवा कोअर्डिनेटर सन्देश मानन्धर, काभ्रे उद्योग वाणिज्य संघका राकेश मानन्धरलगायतका सहभागी अतिथिहरूले नयाँ वर्ष तथा विस्का जात्राको शुभकामना आदान प्रदान गर्दै व्यवसाय प्रवर्द्धनमा संगठित र व्यवस्थित रूपले समाजलाई आवश्यक वस्तु उत्पादन, प्रवर्द्धनका लागि लगानी तथा रोजगार वृद्धि गर्ने विषयमा आआफ्नो धारणा व्यक्त गरेका थिए ।- न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

कान्ति माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम तिलोत्तमामा मंसिर १५ देखि औद्योगिक व्यापार मेला, २५ करोड बढी आर्थिक कारोबरको लक्ष्य रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे पाका चिन्तामणी बाको जीत द्वन्द्वकालको पीडामा न्याय भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु रुपन्देही-३ मा ८४ हजार ७४ मत गणना, दिपक बोहोराको अग्रता कायमै तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट निर्वाचित रुपन्देही-२ मा विष्णु पौडेलको अग्रता कायमै, ३ हजार ९१६ मत गन्न बाँकी जन्ती बोकेको जिप दुर्घटना आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ रुपन्देही-२ मा विहानदेखि अवरुद्ध मतगणना सुरू आगामि सरकारका आर्थिक चुनौती जेलमै बसेर रेशमले जिताइदिए बुवा र श्रीमतीलाई देउवा क्याविनेटका १२ मन्त्री : कसले जिते, कसले हारे ? समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, कुन दलको मत कति ?