११ मंसिर २०७९, आईतवार

Nov 27, 2022

बुटवल । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकै कारण षड्यन्त्रकारी उजुरी गरी जेल परेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि पत्रकार लगाएत सरोकारवालाहरुले आवाज उठाइरहेका छन् । यसै क्रममा यूएईको जेलमा रहेका पत्रकार पाण्डेको रिहाइको लागि शनिबार काठमाण्डौको माइतीघरमा धर्ना कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

पाण्डेलाई नेपाली दूतावास र राजदूत कृष्णप्रसाद ढकालले नै षड्यन्त्र गरेर जेल पठाएको भन्दै उनको रिहाइको लागि युथ कंग्रेसको आयोजनामा धर्ना कार्यक्रम भएको हो ।

धर्नामा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दूतावास र राजदूतले आफ्ना देशका नागरिकको संरक्षण गर्नुपर्नेमा उजुरी नै गरेर जेल पठाउनु अक्षम्य अपराध भएको बताउँदै पत्रकार पाण्डेलाई रिहाइको लागि परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने र राजदूतलाई तत्कालै फिर्ता बोलाउनुपर्ने बताए ।

पत्रकार पाण्डेले नेपालमा रहँदा गएको जनवरी ७ (पुस २३) गते सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्नता रहेको आशयमा स्ट्याटस लेख्नुभएको थिए । फेसबुकमै लेखेको आधारमा पत्रकारलाई जेल पठाइनु संविधानमा भएका मौलिक हककै उल्लंघन भएको पनि पोख्रेलको भनाइ छ ।

धर्नामा एमनेष्टी इन्टरनेशल नेपालकी महासचिव सञ्चिता कुइँकेल, पत्रकार महासंघ यूएईका पूर्व अध्यक्ष भुपराज बस्याल लगाएतले पनि राजदूतले पदको दुरुपयोग गरेर पत्रकार उमाकान्त पाण्डेलाई जेल पठाएको भन्दै सरकारले तत्कालै कदम चाल्नुपर्ने बताए।

धर्नामा ‘वाक स्वतन्त्रता हनन् : लोकतन्त्रको उपहास’, ’पराइ भूमिमा आफ्नैबाट नागरिक असुरक्षित’, ’परराष्ट्रको मौनता : राजदूतलाई हौसला’ लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो ।

यूएईको नेपाली दूतावासलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको कारण देखाइ दुबईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराम जरिबाना र सम्पत्ति जफतसहित देश निकाला गर्ने कारबाही सुनाएसँगै उनी त्यहाँको जेलमा रहेका छन् ।

अर्घाखाँची स्थायी घर भएका पाण्डे रुपन्देहीका बासिन्दा हुन्। उनी लामो समयदेखि यूएइमा रहेर अन्य रोजगाारसँगै पत्रकारिता गर्दै आएका छन् ।-उज्यालो अनलाइनको सहयोगमा

प्रतिकृया दिनुहोस्

Flash News

किमले पुनः सार्वजनिक गरे छोरीसँगको तस्वीर, उत्तराधिकारी बनाउने तयारी ? तीन जिल्ला बाहेकको मतपरिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने रुस र युक्रेनद्वारा युद्धबन्दी आदानप्रदान इरानमा पक्राउ परेका र्‍यापरको परिवार जोखिममा इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु क्युएफएक्स बुटवलले तेस्रो वार्षिकत्सोवको अवसरमा टिकटमा छुट लुम्बिनी बौद्ध विश्वविद्यालयले १८ औं स्थापना दिवस सप्ताहव्यापी मनाउँदै देउवाका ६ मन्त्री पराजित आमनिर्वाचनमा राप्रपाको फड्को लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल यी तीन उम्मेदवार, जसले अर्घाखाँचीमा सबैभन्दा कम मत प्राप्त गरे उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु होः किम जोङ उन चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई लुम्बिनीमा ३ अर्बको ठेक्का ! १५७ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन पार्टीले कति सिट जित्यो ? अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण विक्रीमा प्रतिबन्ध रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी गुल्मीमा धान उत्पादन घट्यो, करिब २८ हजार मेट्रिकटन उत्पादन तुराँग वहुप्राविधिक शिक्षालय विपन्न विद्यार्थीकाे सहारा