१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

बुटवल । नेपाली हस्पिटालिटीको मोडेल दाबी गर्दै आएको होटल पौवाले नेपाली नयाँ वर्षलाई इभका रुपमा मनाउने भएको छ । चैत्र ३० गते पौवाका ३ वटा शाखामा एक साथ सांगीतिक कार्यक्रम गरेर नेपाली  ‘न्यू इअर इभ’ मनाउने तयारी गरिएको पौवा ग्रुपले जनाएको छ ।

Advertisement

पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीका अनुसार पौवाका संचालनमा रहेका १२ वटा शाखा मध्ये ३ वटा शाखामा न्यु ईयर ईभ कार्यक्रम संचालन हुने छ । लुम्बिनी प्रदेशको राजधानी भालुवाङ तथा रुपन्देहीको बुटवल र भैरहवामा विशेष कार्यक्रम गरी नयाँ वर्ष २०७९ लाई स्वागत गरिने प्रबन्ध निर्देशक ज्ञवालीले बताए ।

भालुवाङमा थारु संस्कृतिमा आधारित सांगीतिक कार्यक्रमबाट कार्यक्रमको थालनी गर्ने तथा बुटवल र भैरहवामा नौमती बाजा र भोजपुरी संगीतबाट कार्यक्रमको आरम्भ गरिने पौवाका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए । भण्डारीका अनुसार चैत्र ३० गतेको साँझलाई भालुवाङमा पशुपति शर्मा, अस्मिता डल्लाकोटी, सुमन परियार लगायतका कलाकारहरुले मनोरञ्जन प्रदान गर्ने छन् भने बुटवलमा निशान भट्टराई, बालिका प्रधान, विशाल राईका साथ भ्वाईस द ब्याकप ब्याण्डको प्रस्तुती रहने छ । त्यसैगरी भैरहवामा राजनराज शिवाकोटी, मिलन नेवार, भानुभक्त ढकाल, नेपाल आइडलका आइडल भुपेन्द्र थापा मगरको उपस्थिति रहने छ ।

कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको ब्राण्ड प्रमुख भण्डारीले बताए । ‘५० रुपैयाँदेखि विविध प्रकारका खाजा र खानाको व्यवस्था गरिएको छ’, भण्डारीले भने, ‘कार्यक्रम हेर्न आउने आमन्त्रितहरुलाई निमन्त्रणा कार्ड साथमा लिएर आउन आग्रह छ ।’ ‘पछिल्लो समय अङ्ग्रेजी नयाँ वर्षलाई नेपालमा महत्व दिन थालिएपनि पौवाले नेपालीहरुले वर्षौंदेखि मनाउँदै आएको चैत्र मसान्तमा पुरानो साललाई विदाई र नयाँ सालको स्वागत गर्ने गरि कार्यक्रम तय गरिएको छ,’ पौवाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्थापनकालदेखि नै नेपाली हस्पिटालिटी दिने उद्घोष गर्दै पौवाका हरेक शाखाहरुमा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरु हुँदै आएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘अन्तरराष्ट्रिय जगतमा समेत ख्याति कमाएको नेपाली सत्कारलाई ब्राण्डिङ गर्दै पौवाका हरेक शाखामा नेपाल र नेपाली पहिचान दिने सेवालाई थप समृद्ध बनाउने उद्देश्यका साथ पौवाले आफ्नो अभियानलाई अघि बढाइरहेको छ ।’

स्थापनाको ६ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा होटल पौवाको पहुँच पुगेको प्रबन्ध निर्देशक ज्ञवालीले बताए । ज्ञवालीका अनुसार हाल सम्म पौवाले कर्णाली प्रदेशको जुम्ला र सुद्रपश्चिम प्रदेशको धनगढीमा आफ्नो सेवा दिइरहेको छ भने लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ, दाङकै लमही र घोराही, रुपन्देहीको भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गामा पौवाले समानस्तरको आतिथ्य प्रदान गरेको छ ।

चैत्र महिनादेखि गण्डकी प्रदेशको राजधानी पोखरा र बागमती प्रदेशको चितवन टाँडीमा पनि सेवा दिन सुरु गरिएको ज्ञवालीले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने