१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चिवतन दौडधुप बढेको छ । यतिसम्म कि उनी स-साना कार्यक्रमलाई सम्बोधन गर्न पनि चितवन पुग्ने गरेका छन् । शुक्रबार पनि पुगे । सातामा कम्तीमा दुई पटक पुग्ने उनको दौडधुप निर्वाचनकेन्द्रित छ । 

Advertisement

निर्वाचनमा फेरि भरतपुर महानगरपालिका माओवादीलाई पार्ने र संघीय निर्वाचनमा आफू तालमेल गरेर निर्वाचन जित्ने उद्देश्यले प्रचण्डको चितवन आउजाउ बाक्लो भएको हो ।

तर, उनको यो योजना तुहाउन नेपाली कांग्रेस चितवनका नेताहरूको पनि दौडधुप जारी छ । चितवनबाट केन्द्रीय सदस्य भएका टेकबहादुर गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीतनारायण श्रेष्ठ भरतपुर महानगरपालिका यसपटक कांग्रेसले पाउनुपर्ने भन्दै नेतृत्वहरूलाई दबाब दिँदै आएका छन् । उनीहरूको दौडधुप काठमाडौं केन्द्रित छ ।

गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक रामचन्द्र पौडेललाई यी नेताहरूले बिहीबार भेटेर कांग्रेसले यसपटक भरतपुर महानरपालिका नछोड्ने र छोडियो भने नमान्ने चेतावनी दिएका छन् । शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई पनि भेटेर भरतपुरमाथिको दाबी नछाड्ने भन्दै ध्यानाकर्षण गराएका छन् । 

सो क्रममा देउवाले कार्यकर्ताहरूको भावनालाई सम्बोधन गर्ने अधिकतम प्रयत्न गर्ने आश्वासन दिएको निवर्तमान सभापति श्रेष्ठले बताए ।
चितवनमा कांग्रेसले यसअघि भने गठबन्धन गर्न अस्वीकार पनि गरेको थियो । हालै गठबन्धन गर्न सहमत भए पनि भरतपुर महानगरपालिका नछाड्ने दृड अडानमा कांग्रेस छ । जुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चाहनाविपरीत देखिएको छ

प्रतिकृया दिनुहोस्

Flash News

मित्रपार्कमा खानेपानीको पाइपलाइन बिछ्याउन सडकमै खाल्डो, सवारी आवागमन प्रभावित पूर्वप्रहरीका सन्तानलाई विद्यालय र प्रहरी भर्ना छनोटमा प्राथमिकता दिइने पूर्वाधार बनाएर मात्रै प्रदेश राजधानी सार्न रुपन्देही कांग्रेसकाे माग सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते निर्वाध रूपमा रात्रीकालीन बजार सञ्चालन गर्न रुपन्देहीका हाेटल व्यवसायीकाे माग राप्रपा प्रवक्ता श्रेष्ठको नजरमा सरकार गठनमा माओवादीका ५ विकल्प हिजाब नलगाएपछि सरकारले भत्कायो इरानी आरोहीको घर सामाजिक सुरक्षामा तीस प्रतिशत आबद्ध इन्डोनेसियामा शक्तिशाली भूकम्प माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय उपमेयर डंगोलको निर्देशन: आकाशे पुल तत्काल मर्मत गर्नु, बार घटाएर पारदर्शी बनाउनू भूमि आयोगको सूचनापछि काठमाण्डौंमा थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय पहाडी क्षेत्रमा बदलीको सम्भावना सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित) देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल दाङमा चार महिनामै थपिए करिब तीन सय उद्योग, ६१ करोड बढीको पूँजी लगानी