ताजा अपडेट »

बुटवलमा दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको तयारी

शुक्रबार, २५ चैत्र २०७८, १६ : १३
8 Shares

बुटवल । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा नयाँ वर्षमा दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ हुने भएको छ। शुक्रबार नवदिप कवर्ड हलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको क्लबका अध्यक्ष गोपाल टण्डनले बताए।

बैशाख ७ देखि १० गतेसम्म संचालन हुने प्रतियोगितामा पाँच विद्यामा खेलहरु खेलाईने उनले बताए। मेन्स सिगल, मेन्स डबल्स, भेट्रान्स ४५ वर्ष माथि, ५५ वर्षमाथि र महिला सिगलमा खेलहरु खेलाईने उनले बताए। प्रतियोगिताको मेन्स सिङ्गल र मेन्स डबल्सतर्फ प्रथम पुरस्कार ५० हजार रुपैंया, द्घितीय ३० र तृतीयलाई २० हजार रुपैंया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि भेट्रान्स ४५ वर्ष माथि उमेर समुह र महिला सिङ्गलमा प्रथमलाई ३० हजार रुपैया, द्घितीय २० र तृतीयलाई १० हजार रुपैंया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि ५५ वर्षमाथि उम्र समुहको प्रथमलाई २० हजार रुपैंया, द्घितीय १५ हजार र तृतीयलाई १० हजार रुपैंया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए। प्रतियोगितालाई मेन स्पोन्सर लुम्बिनी वर्ड स्कुल मधवलिया रहेको उनले बताए। कार्यक्रममा द्वितीय उपाध्यक्ष नलराज नेपाल, प्रेस सल्लाहकार यमलाल भुषाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले शुभकामना दिएका थिए।

प्रतियोगिताका संयोजक शम्भु भट्टराईले २० लाख ६० हजार खर्च अनुमान गरिएको प्रतियोगितामा विभिन्न खेलप्रेमी तथा संघसंस्थाहरुबाट सहयोग मिलेको बताए। क्लबले यसअघि अन्तर विद्यालय २ पटक,  क्षेत्रीयस्तरको ४ पटक, लुम्बिनी प्रदेशस्तरीय २ पटक र पहिलो संस्करणको राष्ट्रिय प्रतियोगिता सम्पन्न गरिसकेको उनले बताए। प्रतियोगिता २ सय ८ जना खेलाडी र करीब १० हजार दर्शकहरुले अवलोकन गर्ने उनले बताए। क्लबले खेलकुद गतिविधिसंगै सामाजिक कार्यमा समेत कार्य गर्दै आएको उनले बताए। क्लबमा हाल ३४ आजिवन र ५५ जना साधारण सदस्य गरि ८९ जना छन।

क्लबका प्रथम उपाध्यक्ष पंकज ज्ञवालीले खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको बताए। ब्याडमिन्टन खेलमा प्रयोग हुने रयाकेट, फेदर कक र अन्य खेलकुद सामग्रीहरु नै महगो हुदा महगो खेलका रुपमा लिईने उनले बताए। स्वस्थ्य सबैभन्दा ठूलो धन भएको भन्दै थोरै रकमले पनि स्वस्थ्य रहन सकिने उनले दाबी गरे।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।