ताजा अपडेट »

औंषधी व्यवसायीलाई सरकारले हेर्ने नजर र नीति परिवर्तन गर्न आवश्यक : व्यवसायी

शुक्रबार, २५ चैत्र २०७८, १५ : ५२
4 Shares

बुटवल । सरकारले औंषधी ब्यवसायीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको भन्दै सरकारले नितिगत रुपमा सुधार ल्याउनु पर्नेमा व्यवसायीले माग गरेका छन् । नेपाल औंषधी ब्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले ब्यवसायीहरुलाई सम्बोधन हुने गरि सरकारको नीति ल्याउनुपर्ने सुझाव दिए।

रुपन्देहीमा शुक्रबार भएको औंषधी लुम्बिनी प्रदेशको दोस्रो वार्षिक साधारणसभा उद्घाटन गर्दै श्रेष्ठले १४ वर्ष पुरानो औंषधी निर्यातको मूल्य कायमहुँदा आफूहरु समस्यामा परेको दु:खेसो गरे । नीजि क्षेत्रबाट आफूहरु औंषधी ब्यवसायलाई मर्यादित र उत्तरदायी बनाउन अग्रसर भएपनि सरकारको ध्यान नगएको उनले दुखेसो गरे। संघ स्थापना भएको ४९ वर्ष पुगेको भन्दै उनले अझै पनि सरकार उदासिन देखिएको गुनासो गरे । देशभर औंषधीको मूल्य एकरुपता ल्याउने र सहि ढंगले पुर्याउने काम गरेको बताउँदै उनले करिब ५५ देखि ६० अर्ब रुपैयाको वार्षिक ब्यापार गर्ने ब्यवसायीप्रति सरकार उदासिन भएको बताए ।

नेपाल सरकारले ९६ वटा उत्पादन औंषधीको मूल्य निर्धारण गरेको छ। करीब ५५ प्रतिशत औंषधीहरु आयात गर्नुपर्ने अवस्था छ। उत्पादकले जारी गरेको एमआरपीलाई सरकारले मान्यता दिनुपर्ने व्यवसायीहरुको माग रहेको छ । सरकारी अस्पतालमा चलाईएको फार्मेसीमा वितरण गरिएको औंषधी र नीजि फार्मेसीमा विक्रिवितरण हुने औंषधीमा फरकपना आउनुपर्ने माग रहेको छ ।

यसैगरि नविकरणको समयावधीलाई बढाएर पाच वर्षीय बनाउनुपर्ने, सबै ब्यवसायीहरुलाई सम्बोधन हुने गरि सरकारको नीति ल्याउनुपर्ने व्यवसायीहरुले सुझा राखे । प्रदेश अध्यक्ष शिव ज्ञवालीले संवेदनशिल औंषधीको कारोबार गर्ने ब्यवसायीहरुलाई धेरै चुनौतीहरु रहेको बताए। संघमा सदस्यता बढाउन विशेष रुपमा लाग्नुपर्ने भन्दै संस्था फुटाउने तत्वहरुप्रति सचेत हुनुपर्ने बताए । आयात, थोक र खुद्रा ३ प्रकारका ब्यवसायीहरुलाई मिलाएर अघि बढाउनुपर्ने सुझाव दिदै केवल नेतृत्वमा बस्ने तर व्यवसायीलाई अगाडि नबढाउने गर्दा गलत हने बताए। प्रादेशिकस्तरमा गठन भएका संस्थालाई क्रियाशिल गराउन केन्द्रबाट नै आवश्यक निर्देशन र सहयोग जरुरी रहेको उनले बताए। फार्मेसी अध्ययन गरेका मात्र नबिकरण अधिकारको कुरा भएको भन्दै उनले यसमा आफूहरु निक्कै कठिनाई झेल्नुपर्ने बाध्यता रहेको बताए। 'यो झण्झटिलो प्रक्रिया रहेको छ।'-उनले भने।

संघमा रहेका ब्यवसायीहरुको क्षमता विकास र दक्षता अभिवृद्धि गर्ने रुपमा तालिमहरु गर्ने, ब्यवसायीहरुको ईन्सुरेन्सका विषयहरु तथा फुड सब्लिमेन्टको विक्रिवितरणमा समेत समस्या रहेको व्यवसायीहरुको गुनासो रहेको छ। सर्जिकल ब्यवसायका कारण आफूहरु मर्कामा परेको भन्दै मुल्यको विषयमा गम्भीर हुनुपर्ने उनीहरुको  तर्क छ ।

स्वस्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डा बिनोद गिरि, निवर्तमान केन्द्रिय अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय उपाध्यक्ष रामप्रसाद खरेल, सुनिल श्रेष्ठ, महासचिव रामचन्द्र शर्मा, गण्डकी कृष्ण प्रसाद पाण्डे, कर्णाली प्रदेशका प्रेम बहादुर भण्डारी, बागमति प्रदेशका उपाध्यक्ष कृष्ण पाण्डे, लुम्बिनी प्रदेशका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी, नेपाल औंषधी उत्पादक संघ केन्द्रिय सदस्य गणेश पाठक, नेपाल चेम्बर अफ कमर्श प्रदेश अध्य टंक पोखरेल, संघका सल्लाहकार प्रकाश श्रेष्ठ, कृष्ण र‍ोकाया, महासचिव लुकराज न्यौपाने, रुपन्देही जिल्ला अध्यक्ष सुरज भट्टराई लगायतले कार्यकरममा बोलेका थिए ।

यसै बीच एक वर्ष कार्यकालको अवधिमा संघको ईतिहास समेटेर तयार पारिएको स्मारिका विमोचन गरिएको छ ।कार्यक्रममा उत्कृष्ट जिल्ला शाखाका रुपमा रुपन्देही शाखालाई दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो । यसैगरि प्रोत्साहन शाखाका रुपमा बर्दिया र पाल्पा जिल्लालाई सम्मानपत्र र दोसल्लाबाट सम्मान गरिएको छ। प्रदेशभर ३ हजार बढि ब्यवसायी संघमा आवद्घ छन भने देशभर सात प्रदेशमा २१ हजार सदस्य आवद्ध रहेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।