१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

बुटवल । सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गरेर जाने बताए पनि लुम्बिनी प्रदेशमा भने एकीकृत समाजवादी बाहेकको गठबन्धन गरिएको छ ।

Advertisement

कतिपय जिल्लामा भएका सिट बाँडफाँटमा पनि नेकपा एकीकृत समाजवादीलाई समेटिएको छैन । गठबन्धनमा सहभागी कांग्रेस र माओवादी केन्द्रले वास्ता गर्न छाडेपछि समाजवादीले भने गठबन्धन तोड्ने सम्मको चेतावनी दिएको छ । गुल्मीका १२ पालिकामा गरिएको चुनावी तालमेलका लागि पनि एकीकृत समाजवादीलाई बेबास्ता गरिएको छ । गुल्मीका १२ पालिकामध्ये आठवटा नेपाली कांग्रेस र चारवटा माओवादी केन्द्रले लिने सहमति भएको छ । 

गुल्मीमा १० वटा गाउँपालिका र दुई वटा नगरपालिका छन् । कांग्रेस सभापति खिलध्वज पन्थीले कांग्रेसले आठ र माओवादीले चार पालिका लिने सहमति भएको बताए । लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट सार्वजनिक गरिएको सहमति पत्रमा नेकपा एकीकृत समाजवादीलाई सहभागी गराइएको छैन । गठबन्धनको तर्फबाट सार्वजनिक गरिएको सहमति पत्रमा नेपाली कांग्रेसका प्रदेश अध्यक्ष अमरसिंह पुन, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष शुदर्शन बराल, जनता समाजवादी पार्टीका अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष बद्रे आलमले हस्ताक्षर गरेका छन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज डा. बालकृष्ण चापागाईंले आफ्नो दललाई बाइपास गर्न खोजिएको भन्दै त्यसो गरिए गठबन्धन धरापमा पर्ने चेतावनी दिए । ‘समाजवादीलाई हेप्न खोजिएको छ, यदि त्यसो भयो भने गठबन्धन नै धरापमा पर्न सक्छ,’ उनले भने ।

प्रतिकृया दिनुहोस्

Flash News

भूमि आयोगको सूचनापछि काठमाण्डौंमा थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय पहाडी क्षेत्रमा बदलीको सम्भावना सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित) देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल दाङमा चार महिनामै थपिए करिब तीन सय उद्योग, ६१ करोड बढीको पूँजी लगानी भैरहवामा मंसिर १८ देखि अन्तर विद्यालय टि-२० क्रिकेट अमरज्योतीको १४ औं वार्षिक साधारणसभा तिलोत्तमाको मेलामा दर्शकको चाप बढ्दै, शनिबार मात्रै ५० हजारले अवलोकन गरेको दाबी ‘परदेशको पसिनाको उचित प्रतिफल निकाल्न राज्यको ध्यान जानुपर्छ’ बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली डुब्न थालेपछि रुपन्देहीका सहकारीहरु एक ठाउँमा, संकट टर्नेमा अभियान्ताहरुकै आशंका कमल थापाको पार्टीलाई समानुपातिकतर्फ कुन प्रदेशमा कति मत ? सरकार गठनबारे सबै विकल्पमा खुला राख्ने माओवादीको निर्णय विवाहमा रक्सी पिएर फर्किदा लडेर ४७ वर्षीय देव रावतको मृत्यु यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक समानुपातिकतर्फ कुन दलले कति मत पाए ? कालिकाको कायापलट : उच्च शिक्षा सुरु गरेको ९ वर्षमै उत्कृष्ट बन्न सफल