ताजा अपडेट »

रुस राष्ट्रसंघीय मानवअधिकार परिषदबाट निलम्बित, मतदानमा नेपाल अनुपस्थित

शुक्रबार, २५ चैत्र २०७८, ०७ : २८
20 Shares

काठमाण्डौं । रूस संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदबाट निलम्बित भएको छ । संयुक्त राष्ट्र स‌ंघको यो फैसला युक्रेनी सहर बूचामा भएको मानवअधिकार उल्लंघनलाई लिएर भएको बीबीसीले जनाएको छ । 

संयुक्त राष्ट्रसंघमा रूसलाई यूएनएचसीआरबाट निलम्बित गर्ने प्रस्तावमाथि भएको मतदानमा  ९३ देशले समर्थनमा र २४ देशले विपक्षमा मतदान गरेका थिए । भोटिङ प्रकृयामा ५८ देश अनुपस्थित रहेका थिए । नेपाल पनि मतदानमा अनुपस्थित भएको थियो । चीनले प्रस्तावको विपक्षमा मतदान गरेको थियो भने भारत पनि मतदानमा अनुपस्थित भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।