ताजा अपडेट »

नयाँ वर्षमा काठमाडौंलाई पोखराको निम्तो

विहीबार, २४ चैत्र २०७८, २३ : ०३
6 Shares

पोखरा । होटेल संघ पोखरा नेपालले आयोजना गर्ने नयाँ वर्ष महोत्सवमा निम्तो गर्दै आयोजक टोली काठमाडौं पुगेको छ । फेवाताल किनारमा आयोजना हुने १७औं संस्करणको महोत्सवका लागि निम्तो बाँड्न टोली काठमाडौं गएको हो । यही चैत ३० देखि आगामी वैशाख १ गतेसम्म महोत्सव हुँदैछ ।

कोरोना संक्रमणका कारण २ वर्ष हुन नसकेको महोत्सव यो वर्षबाट पुनः सुरु गरिएको हो । संघका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवका पाहुनलाई होटेलको विलमा ३० प्रतिशत छुट गरिएको भन्दै आन्तरिक पर्यटकको रूपमा पोखरा घुम्न आग्रह गरे ।

महोत्सवमा स्थानीय, आन्तरिक तथा बाह्य पर्यटक गरी एक लाख भन्दा बढीले सहभागिता जनाउने अनुमान आयोजकको छ । अर्थतन्त्र चलायमान बनाउने र पर्यटकीय क्षेत्रहरू खुला रहेको सन्देश दिन यो वर्ष महोत्सवलाई बढी प्राथमिकताका साथ मनाउन लागिएको छ ।

होटेल संघ नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष विनायक शाहले देशमा पर्यटक संख्या बढाएर आर्थिक गतिविधि बढाउनुपर्ने बताए । सबै पर्यटकीय क्षेत्रहरूले छुट्टाछुट्टै गतिविधि गर्न र पर्यटक आकर्षित गर्न आवश्यक रहेको उनको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।