ताजा अपडेट »

भाट-भटेनीको २२औँ स्टोर ललितपुरमा

विहीबार, २४ चैत्र २०७८, २२ : २५
30 Shares

काठमाडौं । नेपालकै ठूलो चेन सुपरमार्केट भाट–भटेनी सुपरमार्केटले ललितपुरमा पनि थप आफ्नो स्टोर सञ्चालन गरेको छ । देशैभर स्टोर विस्तार गर्ने अभियानमा रहेको भाटभटेनीको यो २२औँ स्टोर हो । सुपरमार्केटले ललितपुरको सानागाउँमा स्थापना गरेको स्टोरको बुधबार एक समारोहकाबीच शुभारम्भ गरेको हो।

महालक्ष्मी नगरपालिका–६ सानागाउँ स्थित २२औं स्टोरको सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले उद्घाटन गरेका हुन्। सो अवसरमा उनले भाटभटेनी जनताको सेवाको लागि स्थापना भएको बताउँदै सानागाउँबाट पनि स्थानीयलाई सेवा प्रदान गर्ने उद्देश्यसहित शुभारम्भ गरिएको बताए ।

शुभारम्भको अवसरमा ग्रोसरी लगाएत विभिन्न सामग्रीमा १० देखि २० प्रतिशतसम्म छुट रहेको सुपर मार्केटका बजार व्यवस्थापक विनोद भट्टराईले बताए । सुपर मार्केटले हालै हेटौंडा र इटहरीमा क्रमशः २० औं र २१ औं स्टोर सञ्चालमा ल्याएको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।