१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

तेह्रथुम । आर्थिक रूपमा विपन्न भए पनि राज्यले दिने सामाजिक सुरक्षा पाउन पुरुषको हकमा ७० वर्ष पुग्नुपर्छ । महिलाको हकमा भने श्रीमान‍्को मृत्युपछि राज्यले सामाजिक सुरक्षा भत्ता दिने गर्छ ।

Advertisement

हरेक नागरिकलाई गाँस, बास, कपासका हिसाबले सुरक्षित रहनुपर्छ । सोही अनुसार सराकारले ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, अपाङ्ग तथा एकल महिलाहरूले सेवा लिँदै आएका छन् ।

विपन्न तथा सहारा विहीन एकल पुरुषलाई भने अझ राज्यले सामाजिक सुरक्षा भत्ताको लागि केही कार्यक्रम ल्याउन सकेको छैन । तर, तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले भने एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ । 

गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरु गरेको हो । थोरै भए पनि भत्ता पाउँदा राज्यले एकल पुरुषलाई राज्यले सम्बोधन गरेको छथर गाउँपालिका-१ का मनीकुमार लिम्बुले बताए । उनी भन्छन्, ‘हामी एकल हुँदा अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाउन सकेका थिएनौं । स्थानीय सरकार आएपछि हामी जस्ता एकल पुरुषलाई वार्षिक रूपमा भए पनि भत्ता दिन सुरु गरेकोमा खुसी छौ ।’

गाउँपालिकाले ६० देखि ७० वर्ष उमेरका ज्येष्ठ एकल पुरुषहरूको तथ्याङ्क संकलन गरी भत्ता दिँदै आएको हो । गाउँपालिकाले एकै साथ एक कार्यक्रमका बीच ६२ जना एकल पुरुषलाई सम्मानपत्र सहित १२ हजारको दरले नगद र सम्मानपत्र प्रदान गरिएको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख रोशन कार्कीले बताए । 

विभिन्न कारणले श्रीमतीको मृत्यु भएको र आर्थिक अवस्थालाई मध्यनजर गरी भत्ता वितरण गरेका एकल पुरुषलाई भत्ता वितरण गरिएको हो । लोकप्रियताको लागी नभई  राज्य भएको प्रत्युत्तर दिने उद्देश्यले यो कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । ‘ज्येष्ठ नागरिकहरूको सारथिको रूपमा स्थानीय सरकार भएको अनुभूति दिलाउन यो कार्यक्रम ल्याइएको हो,’ अध्यक्ष तिगेलाले भने । 

केन्द्र सरकारले ६० वर्षमाथिका दलित तथा एकल महिलाको हकमा र ज्येष्ठ नागरिकहरूको हकमा ७० वर्ष पुरा भएपछि मात्रै सामाजिक सुरक्षा भक्त दिँदै आएको बेला छथर गाउँपालिकाले नेपाल इतिहासमा पहिलो पटक एकल पुरुष भत्ता कार्यक्रम ल्याएको १ नम्बर प्रदेश सांसद लछुमन तिवारीले बताए । 

ज्येष्ठ एकल पुरुषलाई स्थानीय सरकारले औषधि उपचार तथा स्वास्थ्य परीक्षणका लागि  स्थानीय सरकारले सम्मानसहित नगद प्रदान गरेको सांसद तिवारीले धन्यावाद व्यक्त गरे । -प्रकाश पाक्साँवा/न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने