ताजा अपडेट »

बैतडीमा जिप दुर्घटना हुँदा एकजना घाइते

विहीबार, २४ चैत्र २०७८, २० : ०२
6 Shares

बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाको वडा नम्बर ६ छेलामा जिप दुर्घटना हुँदा एक महिला घाइते भएकी छन् । म१ज २७२ नम्बरको जिप दुर्घटना हुँदा शिवनाथ गाउँपालिका १ की ६५ वर्षीय गोबडीदेवी साउँद घाइते भएकी हुन् ।

उनको बायाँ खुट्टामा चोट लागेको र उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । 

सो जिपमा शिवनाथ गाउँपालिकाका कर्मचारी टंक पन्त र हेमन्त जोशी पनि सवार रहेका बताइएको छ । कर्मचारी पन्तले जबरजस्ती जिप चलाउन खोज्दा दुर्घटना भएको भनिए पनि प्रहरीले सो कुरा अस्वीकार गरेको छ ।

प्रहरीले जिप चालक वीरेन्द्र महताले नै जिप चलाएको दाबी गरेको छ । जिप सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।- न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।