१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

Avatar

सर्लाही ।  छिमेकीले हत्या गरेर सेप्टी ट्यांकीमा लुकाएको अवस्थामा ८ वर्षे बालकको शव फेला परेको छ । पाँच दिनदेखि बेपत्ता मलंगवा नगरपालिका–१२ गम्हरिया निवासी दीपेन्द्र ठाकुरको छोरा ८ वर्षीय मिठु भनिने आकाश ठाकुरको शव बिहीबार छिमेकीको सेप्टी ट्यांकीमा फेला परेको प्रहरीले जनाएको छ । 

Advertisement

गत चैत २० गते आइतबार राति ८ बजे गाउँमै न्वारनको भोज खान जाँदा आकाश बेपत्ता भएका थिए । सोही राति ११ बजे आकाशका परिवारले उनी बेपत्ता भएको प्रहरीमा जानकारी गराएका थिए । लगतै घटनाको अनुसन्धानमा खटिएको प्रहरीले छिमेकी जगदीश ठाकुर लगायतलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोही क्रममा बालकको शव लुकाएको स्थान पत्ता लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ परेका अभियुक्तले देखाएको स्थानमा सेप्टी ट्यांकीको ढकन खोलेर हेर्दा बोराभित्र हालेर लुकाएको अवस्थामा बालकको शव फेला परेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बिहीबार बिहानै सेप्टी ट्यांकीबाट निकालिएको बालकको शव मुचुल्कासहित पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा मलंगवामा राखिएको छ । बालकको हत्यामा संलग्न भएको आरोपमा जगदीश ठाकुरसहित उनको परिवारका सात जना सदस्यलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्ररम्भीक अनुसन्धानबाट अभियुक्तले बालकको अपहरण गरेकै दिन हत्या गरेको आशंका गरिएको छ ।  

अभियुक्तले बालकका बुबालाई फोन गरेर फिरौतीसमेत मागेको र पैसा नपाएपछि हत्या गरेको कुरा पारिवारिक श्रोतको भनाई छ । तर, यसको पुष्टि भइसकेको छैन । घटनामा बेपत्ता बालकको जिउँदो वा मृत शरीर फेला पर्नु नै पहिलो प्राथमिकता भएकाले अब अनुसन्धानलाई अगाडि बढाइने जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

‘बालकको हत्या गर्नु पर्ने कारणलगायत बारेमा हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘पहिला त जिउँदो वा मृत जुन अवस्थामा भए पनि जतिसक्दो चाँडो बालक फेला पार्नु पर्‍यो । हामी त्यता लाग्यौं । आज बालकको शव फेला परेको छ । बाँकी घटनाक्रम पनि थप अनुसन्धानबाट छिट्टै खुल्छ ।’ घटनाको फरक पाटोबाट अनुसन्धान गरिनेसमेत प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बुढाथोकीको भनाई छ ।

बिहीबार बिहानै सेप्टी ट्यांकीबाट बालकको शव निकालेसँगै पुरै गाउँ शोकमा डुबेको छ । छोराको शव देखेदेखि मृतक बालककी आमा महासुन्दर ठाकुर भावविह्वल बनेकी छन् । हत्या गरिएका आकाश दीपेन्द्रका जेठा छोरा हुन् । अब उनका एक वर्षका एक छोरा र दुई छोरी छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

हिजाब नलगाएपछि सरकारले भत्कायो इरानी आरोहीको घर सामाजिक सुरक्षामा तीस प्रतिशत आबद्ध इन्डोनेसियामा शक्तिशाली भूकम्प माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय उपमेयर डंगोलको निर्देशन: आकाशे पुल तत्काल मर्मत गर्नु, बार घटाएर पारदर्शी बनाउनू भूमि आयोगको सूचनापछि काठमाण्डौंमा थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय पहाडी क्षेत्रमा बदलीको सम्भावना सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित) देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल दाङमा चार महिनामै थपिए करिब तीन सय उद्योग, ६१ करोड बढीको पूँजी लगानी भैरहवामा मंसिर १८ देखि अन्तर विद्यालय टि-२० क्रिकेट अमरज्योतीको १४ औं वार्षिक साधारणसभा तिलोत्तमाको मेलामा दर्शकको चाप बढ्दै, शनिबार मात्रै ५० हजारले अवलोकन गरेको दाबी ‘परदेशको पसिनाको उचित प्रतिफल निकाल्न राज्यको ध्यान जानुपर्छ’ बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली डुब्न थालेपछि रुपन्देहीका सहकारीहरु एक ठाउँमा, संकट टर्नेमा अभियान्ताहरुकै आशंका