ताजा अपडेट »

नेप्सेमा दोहोरो अंककाे सुधार

विहीबार, २४ चैत्र २०७८, १६ : ५२
8 Shares

काठमाडाैं । यस हप्ता लगातार  चार दिन  घटेको बजार पाँँचाैं दिन बिहीबार भने दोहोरो अंकले उकालो लागेको छ  । ३५ दशमलब ६९ अंकले बजार उकालो लाग्दा २४ सय ६४ दशमलब ३६ बिन्दुमा आएर बजार बन्द भएको छ ।

बजार उकालो लागे पनि  कारोबार रकममा भने खासै उल्लेखनीय सुधार आएको  छैन । २२४  वटा  कम्पनीको सेयर कारोबार हुँदा कारोबार रकम भने दुई अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  २२४ वटा कम्पनीमध्ये १९० वटा हरियो २७ वटा रातो र सातवटा भने स्थिर रहेका छन् । 

बजार उकालो लाग्दा नेश्डो लघुवित्त र हिमालयन पावर  दुई कम्पनी सर्किट लेबलमा कारोबार भएका छन् । नेश्डो लघुवित्तको अन्तिम कारोबार १७ सयमा र हिमालयनको भने ४६२ रुपैयाँमा भएको छ । यसैक्रममा  नेपाल दूरसञ्चारको शेयर मूल्य भने ६२ अंकले बढ्दा अन्तिम कारोबार ११३० मा भएको छ । अत्याधिक घट्नेमध्ये राष्ट्रिय उत्थान ७ दशमलव ७१ प्रतिसतले  घट्दा १५ सय ३२ मा कारोबार भएको छ भने इमजिन नेपाल ६ दशमलव ६१ प्रतिशतले घट्दा १११२ मा अन्तिम कारोबार भएको छ ।

बजारमा सबैभन्दा धेरै कारोबार हुनेमध्ये नबिल बैंक ७ करोड ३८ लाख बराबरको भने प्राइम बैंक ६ करोड ७१ लाख बरबरको सेयर कारोबार भएको छ ।  अत्याधिक बढ्ने क्रममा भने ३ दशमलब ५९ प्रतिशतले अन्य इन्डेक्स र १ दसमलब ७ प्रतिसतले डेभलपमेन्ट बैक इन्डेक्स उकालो लागेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।