ताजा अपडेट »

धुर्कोट गाउँपालिकामा मेगा बैंकको शाखा रहित बैंकिङ्ग सेवा विस्तार

विहीबार, २४ चैत्र २०७८, १६ : ४९
23 Shares

गुल्मी । मेगा बैंक नेपाल लिमिटेडले गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उद्धेश्यले धुर्कोट गाउँपालिकाको वडानम्बर–३ हाडहाडेमा शाखा रहित सेवाको विस्तार गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख कालिदास पाण्डेले बताए ।

शाखा रहित बैंकिङ्ग सेवाको एक कार्यक्रमका बीच धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल र मेगा बैंक तम्घास शाखा प्रमुख कालिदास पाण्डेले उद्धघाटन गरेका हुन् । सेवाको शुभारम्भ गर्दै अध्यक्ष पोखरेलले ग्रामीण भेगका जनताको सेवाको निम्ति बैंक आएको बताए । उनले यसक्षेत्रका नागरिकलाई बैंकिङ्ग सेवाको निम्ति सदरमुकाम धाउनु पर्ने बाध्यतालाई अत्य गर्न सेवा बिस्तार भएको बताए ।

उनले प्रत्येक नागरिकले एक सय रुपैयाँ कमाउदा एक रुपैयाँ बचत गर्नुपर्ने बानीको विकास गर्न आग्रह गरे । ग्रामीण क्षेत्रका नागरिकलाई बैकिङ्ग सेवामा पहुच प्रदान गर्नको लागि शाखा रहित बैंकिङ्ग सेवा शुरुवात गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख पाण्डेले बताए । शाखा रहित सेवा बिस्तारमा बिभिन्न व्यक्तित्वहरु, बैंकका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।