ताजा अपडेट »

उम्मेदवारका एजेण्डा पर्खँदै मतदाता

विहीबार, २४ चैत्र २०७८, १४ : १५
6 Shares

गुल्मी । संघीयता कार्यान्वयन पछिको दोस्रो स्थानीय तहको निर्वाचन जति नजिकिँदै छ त्यति राजनीतिक दलहरु भित्र कस्ले उम्मेदवार पाउने भन्ने कुराको रस्साकस्सी शुरु भएको छ । रुरुक्षेत्र गाउँपालिका भित्र पनि कृयाशिल राजनीतिक दलहरु कस्लाई उम्मेदवार बनाउने यो विषयमा आन्तरिक र बाह्ष् कसरतहरु शुरु गरेका छन् ।

२०७४ सालको निर्वाचनमा अध्यक्ष उपाध्यक्ष सहित २७ सिट हात पारेको नेकपा एमाले यो क्षेत्रको बलियो दावेदार हो भने नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो शक्तिको रुपमा रहेको छ । नेकपा समाजवादी राप्रपा र जनमोर्चाको पनि रुरुक्षेत्र गाउँपालिकामा उपस्थित रहेको देखिएको छ ।

स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुने जनप्रतिनिधिहरुको काम गर्ने तौर तरिका र इच्छाशक्तिनै गाउँको विकासमा प्रमुख भूमिका खेल्छ । उम्मेदवार हुने हरुबाट यतिबेला जनताले उनिहरुले उठाउने एजेण्डालाई प्राथमिकताका साथ हेरिरहेका छन्। उम्मेदवार छान्ने काम नसकिएको कारणले पनि एजेण्डाहरु प्रस्तुत नभएका होलान् तर, जनताको चासो एजेन्डामा केन्द्रित छ ।

यो पटक रुरुक्षेत्र गाउँ पालिकामा युवाहरूको दावि अत्यधिक देखिएको छ। यतिबेला नेकपा एमालेले वडाहरुमा आकाँक्षि हरुको नाम मागिरहँदा ६० प्रतिशत भन्दा बढी युवाहरुले वडासदस्यदेखि गाउँ पालिका अध्यक्ष उपाध्यक्षमा दावि गरेको पाईन्छ र यो शुखद पक्ष हो ।
गाउँघरबाट शहरतिर बसाइँसराइको भयावह बनिरहँदा युवाहरुको यो आकर्षणले रुरुक्षेत्र गाउँपालिकामा नया आशाको सन्चार गरेको छ ।

राजनीति होस् या समाजसेवा युवाहरूको ईन्ट्रि आवश्यक छ र यसो भयो भने राजनीति र विकासमा गतिशीलता कायम हुन्छ रुरुक्षेत्र गाउँ पालिका वडा न १ बाट वडाध्यक्षमा दावि गरिरहेका युवा चिरन्जिवि ज्ञवालीको बुझाई छ ।

मुख्य रुपले कृषिमा आधुनिकिकरण ,वैदेशिक रोजगारीबाट फर्केका हरुको सिपको अधिकतम उपयोग सँगै गाउँमा बस्ने बाताबरण नै प्रमुख एजेन्डा हुनुपर्ने रिटर्नी फेडरेसनका जिल्ला सचिव रहेका एमालेबाट रुरुक्षेत्र ३ का वडाध्यक्ष पदका दावेदार हुतराज ज्ञवालीको धारणा छ ।
‘राजनीतिका पुराना पुस्ताहरुको योगदान त अतुलनिय छ वहाँहरुको योगदानलाई सम्मान गरिनु पर्छ । तर अबको नेतृत्व युवाहरूको काँधमा दिनु पर्छ ।’ ज्ञवालीले भने ।

दिगो विकासको अवधारणा अहिलेको आवश्यकता हो र अव एक्काईसौँ शताव्दिको प्रविधि लाई पछ्याउन सक्ने ,भाषण भन्दा विकासलाई प्राथमिकता दिने र जनताका भावना सँग खेल्ने होईन कि जनताका भावना बुझ्ने उम्मेदवारलाई पार्टीले टिकट दिनु पर्ने धारणा रुरुक्षेत्र १ च्यूरेकका युवा तथा एमालेबाट वडा १ च्यूरेकमा प्रस्तावित गरिएका घनस्याम ज्ञवालीको छ ।

अरु राजनीतिक दलहरुमा पनि युवाको चर्चा छ तर आन्तरिक तयारीका कारणले होला सायद नाम बाहिर आएको छैन । यतिबेला रुरुक्षेत्र गाउँपालिकामा बसाई सराईको प्रमुख समस्या छ । जाने त गए गाउँमा बस्नेलाई गाउँमै अडाएर राख्ने यो कुरा अब जित्ने जनप्रतिनिधिहरुको पहिलो काम हो ।त्यसो त स्थानीय तहको पहिलो निर्वाचन पछि रुरुक्षेत्रमा कृषि खानेपानी सडक शिक्षा विध्युत सामाजिक उत्तरदायित्वका क्षेत्रमा धेरै काम भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।